भक्तपुर । तामाङ सेल‍ जगतमा निकै सम्भावना बोकेका नव युवा गायक लाक्पा मोक्तान तामाङ “हल्कामा हल्का तोङ्बाको मात ” बोलको सेलो गीतबाट पहिलोपटक सांगीतिक क्षेत्रमा प्रवेश भएको छ।

नव गायक लाक्पा मोक्तान तामाङको स्वरमा रहेको उक्त गीत शब्द र संगीत लोकप्रिय गायक विशाल काल्तनको रहेको छन्।

यस गीतमा गायक लाक्पा मोक्तान,याङगेन स्याङबा लामा,मिठु पाख्रिन र सलमोन तामाङले गीतको भुमिका अभिनय गरेका छन् ।उक्त गीतको अडियोको एरेञ्ज चाँद सिँ को र मिक्सिङ गोविन्दले गरेको हो ।

उक्त भिडियोको निर्देशन अमर मक्सले गरेको थियोे भने रोनिस तामाङले छायांकन गरेको हो।भिडियोको सम्पादक र कलर विवेक सुनुवारले गरेका थिए।यस भिडियो दुच्छे मिडिया अफिसियल युट्युव च्यानलबाट अवलोकन गर्न सकिनेछ ।
भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।