काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङ केन्द्रीय समितिको आयोजनामा २८५७ औं (लाङ) म्हे ल्हो सोनाम ल्होछार वृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ।

तामाङ समुदायको राष्ट्रिय पर्व रुपमा सिंगो तामाङहरुले मनाउँदै आएको सोनाम ल्होछार यहि माघ २९ र ३० गते दुई दिन मनाइने भएको छ।
कोभिड-१९ को कारणले प्रत्येक वर्ष टुँडिखेल मैदान हुने ल्होछार यसपालि भने  तामाङ साँस्कृतिक भवन रहेको ग्राउन्ड बुढानिलकण्ठ न.पा.-२, चपलीहाइट नारायणथान काठमाडौंमा हुने ल्होछार प्रचारप्रसार केन्द्रीय समितिले बताए ।

माघ २९ गते विशेष साँस्कृतिक कार्यक्रम बिहान १० बजेबाट सुरु भएर बेलुका ८ बजे सम्म राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिका साथ हुने कार्य तालिका निर्धारण गरेका छन् भने बेलुका ६ बजे तामाङ समुदायको एक मात्रै निर्माणाधीन ऎतिहासिक साँस्कृतिक भवनमा ल्होछार इभ ल्होछार द्विप प्रज्वलन गरिने भएको छ।

माघ ३० गते २८५७ औं “लाङ” म्हे सोनाम ल्होछारको बिहान ११ बजे नारायणथान मन्दिर क्षेत्रबाट ४ सय जना झ्याँक्री लामा तम्बा तथा विभिन्न संघ, संस्थाका ब्यानर झाँकी र्यालि सहित औपचारिक उद्घघाटन गरिने कार्यक्रम रहेको छ।

साथै उक्त वृहत् सोनाम ल्होछार कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पर्ना आम ल्होछारप्रेमी तामाङ समुदायका समाजसेवी, बुद्धिजीवी, दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्तिथिको लागि वृहत् ल्होछार प्रचारप्रसार तथा केन्द्रीय समितिका महासचिव प्रविन वल तामाङले प्रेस विज्ञप्ति मार्फत जनाकारी दिएको हो।

Comments

comments