२४ माघ २०७७
तेमाल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा नेता तथा अखिल नेपाल निर्माण मजदुर संघ काभ्रेका अध्यक्ष देव तामाङले तेमाल गाउँपालिका वडा नं. २ का फुटवल खेलाडीहरुलाई जर्सी र नगद सहयोग गरेका छन् । तेमाल गाउँपालिकामा अध्यक्ष फुटवल कपमा सो वडाबाट सहभागी हुने खेलाडीहरुलाई नेता तामाङले सहयोग गरेका हुन् ।
तामाङले खेलाडीहरुलाई १३ सेट जर्सी र २ हजार रुपैयाँ नदग सहयोग गरेको वडा सदस्य डिल्लीमान तामाङले जानकारी दिए । युवाहरुलाई खेलप्रति आकर्षण गराउन र आफ्नो वडाका खेलाडीहरुको मनोबल बढाउनका लागि यसरी सहयोग गरेको उनले बताए ।
‘यो सानो सहयोग भएपनि युवाहरुलाई खेल प्रति आकर्षण होस र अगाडि बढ्न सजिलो होस भन्ने ध्ययले यो सहयोग गरेको हुँ ।’ तामाङले भने, ‘अब हामी आगामी दिनहरुमा पनि खेलाडीहरुलाई सहयोग गर्नेछौं ।’

Comments

comments