सुनिता दोङ तामाङ
२५ माघ २०७७
इराक । विभिन्न कामको सिलसिलामा इराक पुगेका नेपालीहरुले २८५७ लङ (म्हे) सोनाम ल्होछारको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । आफ्नो मौलिकता र सँस्कृतिलाई सम्बद्र्धन र विकासको लागि भन्दै “२८५७ लङ ल्हो सोनाम ल्होछार साँझ“ विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको आयोजना कुर्दिस्थान प्रवासी नेपाली समाज, सुलेमानीका अध्यष कमल वाइबा, प्रवासी नेपाली एकता समाज, अर्विलका अध्यक्ष नविन कुमार लामा र कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीका संस्थापक अध्यक्ष राजिव थिङले गर्न लागेको कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीका अध्यक्ष कमल वाइबा तामाङले जानकारी दिए ।
प्रवासी नेपाली एकता समाज, अर्बिलका अध्यक्ष नवीन कुमार लामाका अनुसार कोरोनाको महामारी रहेता पनि आफ्नो साँस्कृतिक पर्वलाई व्यवस्थित तरिकाले मनाउन लागेको बताए ।
अध्यक्षद्वय वाइबा र लामाले सो कार्यक्रममा शुभकामना आदान प्रदान गर्न इराकमा रहेका सबै नेपालीहरुलाई सहभागीताको लागि अनुरोध समेत गरेका छन् ।
कार्यक्रम सुलेमानी पालस पार्कको अगाडी (पुरानो चाईनिज नेपाली रेष्टुरेण्ट एण्ड बारमा) हुने आयोजकले जानकारी दिएका छन् । साथै कार्यक्रम माघ २९ गते अर्थात् फब्रवरी ११ गते विहिबार साँझ ६ बजेबाट सुरु हुने उनीहरुले बताएका छन् । कार्यक्रममा निःशुल्क सहभागी हुन सक्ने बताइएको छ ।

Comments

comments