काठमाडौं। तामाङ चलचित्र काख्रेको यो वर्षको उत्कृष्ट बबाल आइटम गीत ‘ङाला जोवन” बजारमा आएको छ। उक्त गीतलाई केहीले नकारात्मक टिप्पणी गरेपनि सार तत्वमा गीत राम्रो बनेको र तामाङ चलचित्रप्रेमीहरुले निकै प्रशंसा गरेको चलचित्र निर्माण पक्षले बताएका छन् ।
उक्त तामाङ चलचित्रमा समबेश भएको ‘ङाला जोवन’ गीतको भिडियोलाई आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारको प्रमुख अातिथ्यतामा विशेष पत्रकार सम्मेलन बजारमा सार्वजनिक गरिएको हो।
आइटम गीत छुट्टै विधाका गीत हो।तर जुन गीतको छुट्टै विशेषता बोकेको हुन्छ ।तर आइटम गीतको बजार पहिले देखि नै रहेको विज्ञहरू बताउँछन् ।
पछिल्लो समयमा तामाङ चलचित्रको बिकास निकै भएको देख्न सकिन्छ ।तर यो आइटम गीत हेर्दा यस चलचित्रमा निकै मेहनत गरेको देखिन्छ ।
कोभिड – १९ बिचमा सुटिङ गरेका यस चलचित्रले अवश्य नै दर्शकहरु मन जित्ने सक्ने पक्का पक्की भएको देखिन्छ ।
चलचित्रले समाजमा बढ्दो विकृति विसंगतिलाई इन्कित गरेको पाइन्छ छ।यो विकृति विसंगतिलाई समाजबाट कसरी न्युनिकारण गर्न सकिन्छ भन्ने तर विषय तिर केन्द्रित रहेको छ।
उक्त सार्वजनिक भएको गीतमा मोडल प्रभा घिसिङ, नायक ऋतुराज पाख्रिन, हास्य कलाकार कुईसाङ रुम्बाले मुख्य भुमिका निर्वाह गरेका छन् ।
यस ङाला जोवन बोकेको गीत गीतकार साङ्गे ब्लोन तामाङको शब्द , चर्चित गायक तथा संगीतकार विशाल काल्तनको संगीतमा चर्चित गायिका शशिकला मोक्तानको स्वर रहेको छ।भने एरेञ्ज चाँद सिँ ले गरेको गीतलाई दिपेस प्रधानले मिक्सिङ गरेका छन् ।
कोरियोग्राफी अजय स्याङतान र खेम मोक्तानले गरेको भिडियो प्रकाश तामाङ वाइवाले छायांकन गरेको हो।
तामाङ चलचित्र काख्रेले अहिलेका युवापुस्ता के चाहान्छन ? उनीहरुको रहनसहन, उनीहरुको लवाइ खुबाइ, उनीहरुको चाल चलन र उनीहरुको मुख्य समस्या के हो त ? यसै विषयलाई मध्यनजर गर्दै अहिलेका युवा पुस्ताले रोजेको, खोजेको र चाहेको कथालाई पर्दामा उतार्न खोजिएको छ ।
विशेषगरी नारीलाई बजारको हतियार बनाएर आफु धनको राजा हुने सपना बोक्ने स्वार्थी पुरुषहरुको भण्डाफोर गर्दै त्यहि नारी शक्तिबाट पुरुषहरुको त्यो स्वार्थ र घमण्ड नस्ट हुन्छ भन्ने सन्देश बोकेको कथाकार रितुराज पाख्रिन बताउँछन् ।
चलचित्र काख्रे प्रबल थिङ र आईसिङ घलानको निर्माणमा बनेका चलचित्रलाई नविन पुरी, शंकर पुडासैंनी र शेखर थापाको सह–निर्माण रहेको छन् ।
भिडियो हेर्नुस्