काठमाडौं । तामाङ समुदायको महान राष्ट्रिय सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८५७औं “लाङ” म्हे ल्हो सोनाम ल्होछार वृहत् सांस्कृतिक कार्यक्रमका साथ “क्राना लासि एदा” म्युजिक भिडियो सार्वजनिक कार्यक्रम आदिवासी चलचित्र महासंघ उपाध्यक्ष एवम् तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा माघ २८ बुधबार शुभकामना पार्टी प्यालेस भक्तपुरमा सम्पन्न भएको छ।

सो ल्होछारको शुभ अवसरपारि नेपाली पप गायक तथा संगीतकार अभिषेक तामाङको नयाँ प्रेमगीत “क्राना लासी एदा” को म्युजिक भिडियो बजारमा ल्याएको हो।

उक्त कार्यक्रम गायक तथा संगीतकार निमा दोङ,गायक जगत घिसिङ,गायिका रेश्मा बोम्जन,बसन्ती तामाङ,हावा दोेङ,युनिक दोङ,विहिन दोङ लगायतका कलाकारहरु सांगीतिक प्रस्तुति राखेका थिए।

शब्द पत्रकार हेम बोम्जन, संगीत अभिषेक तामाङ रहेको गीतमा स्वर अविशेक तामाङ, रश्मि दोङको सुमधुर आवाज रहेको छ।उक्त गीतका म्युजिक भिडियोमा मोडल लाक्पा लामा,रियाज लामा ,सुजिना गोले र एरिना मोक्तानले अभिनय गरेका छन् ।प्रतीक ङ्यसुरको निर्देशन रहेको भिडियोलाई छायांकन ड्रोन क्याप्टेन,भिडियो इडिट सुर्य लामाले गरेको छन् ।

 

कार्यक्रममा गीत को म्युजिक भिडीयो बिमोचन
कार्यक्रममा पञ्चबुद्द रियल स्टेटका प्रबन्ध निर्देशक रविन्स लामा,तामाङ चलचित्र संघका उपाध्यक्ष तथा सुपर स्टार नायक कुमार मोक्तान, अतिथिहरु जम्बुलिङ तामाङ समाजका अध्यक्ष विशाल योञ्जन,तामाङ निर्देशक विनय दोङ, कुमार स्याङवा ग फ्याफुल्ला सर्भिस प्रा: लि का अध्यक्ष तथा गायक विरे तामाङ लगायतका तामाङ समुदायका सामाजिक व्यक्तित्वहरुका साथै चर्चित कलाकारहरुको बाक्लो
उपस्थिति भएको थिए।

यस भिडियोलाई गायक अभिषेक तामाङको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

उक्त कार्यक्रम गायक तथा संगीतकार अभिषेक तामाङको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सुदिन दोङले सञ्चालन गरेको थियो।

भिडियो हेर्नुस्

Comments

comments