जापान । जापानमा नेपाल तामाङ राष्ट्रिय घेदुङद्वारा २८५७ औं लाङ” म्हे ल्हो सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा भेला कार्यक्रम नेपाल तामाङ राष्ट्रिय घेदुङ विदेश बिभाग प्रमुख श्री पेमा लामा तामाङको प्रमुख आतिथ्यतमा उक्त कार्यक्रम सम्पन्न भएको छ।

विभिन्न पेशाले प्रवासी जापान पुगेका आम तामाङहरुलाई एकता गर्ने उदेश्यले तामाङ समुदायको महान राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा विश्व महामारीको रूपमा फैलिएको कोभिड-१९ लाई मध्यनजर गरि २८५७ औं “लाङ”म्हे ल्हो सोनाम ल्होछारको शुभकामना तथा भेला गरेका थिए।
उक्त भेलाबाट पेमा लामाको अध्यक्षता १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ।भने १ सदस्य पछि थप गर्ने सर्वसम्मतले पारित गरिएको थियोे ।

उक्त कार्यसमितिमा अध्यक्ष पेम्बा लामा,विद्या सागर मोक्तान – उपाध्यक्ष,रेशम ग्यामदेन लामा-उपाध्यक्ष ,संजिब स्याङतान – उपाध्यक्ष,भरत मोक्तान – महासचिब, कुशल मोक्तान – सचिव,टाशि लामा,कोषाध्यक्ष,सम्झना लामा – सह-कोषाध्यक्षमा चयन भएका छन् भने सदस्यमा सुनिल लामा वाइबा,सोनी तामाङ,युवराज लामा ,दिव्य लामा स्याङबो,निमा लामा ,सोम बहादूर घिसिंग ,विष्णु ल्हो तामाङ ,बुद्ध लामा पाख्रिन,मुस्कान ग्लान तामाङ ,प्रज्वल लामा दोङ चयन गरिएको छ।

सो शुभकामना आदानप्रदान भेला कार्यक्रम राष्ट्रिय तामाङ घेदुङ जापानको तदर्थ समिति संयोजक टासी लामाको सभापतित्वमा भएको थियो भने तदर्थ समिति सचिब कुशल मोक्तानले कार्यक्रम संचालन गरिएको थियोे ।

Comments

comments