भक्तपुर । यहीँ २०७७ फल्गुण ८ गते शनिबार भक्तपुर सुर्यविनायक नगरपालिका ७ गुण्डु बस पार्कमा पिपलडाँडामा (वाङ) अभिषेक ग्रहण तथा मञ्जुश्री संवत् २८५७औं (लाङ)” म्हे” गाई वर्ग सोनाम ल्होछार वृहत् साँस्कृतिक कार्यक्रम भव्य रुपमा हुने भएको छ ।
गुण्डु पर्यटन प्रबर्द्धन तथा गुम्बा निर्माण विकास सुर्यविनायक भक्तपुरद्वारा अायोजित कार्यक्रममा पुर्व उद्योग मन्त्री तथा प्रतिनिधि सभा निवर्तमान सांसद महेश बस्नेतको प्रमुख अातिथ्यतामा सोनाम ल्होछार कार्यक्रम उद्घाटन गरिने भएको छ।
लाङ ल्हो सोनाम ल्होछारका शुभअवसरमा श्रदेय लामा धर्मगुरु तेस्रो अाैतारी(टुल्कु)रिन्पोर्छेद्वारा कोन्छ्योक चिदुई विधिवत (वाङ) अभिषेक ग्रहण गरिने कार्यक्रम समेत रहेको कार्यक्रम छ। साथै धर्म गुरुबाट अभिषेक “वाङ”ग्रहण गरिसके पछि ल्होछार साँस्कृतिक कार्यक्रमलाई सांगीतिक माहोल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार रामचन्द्र अधिकारी,उतर लामा,विशाल थिङ,अभिषेक तामाङ,जगत घिसिङ युनिक दोङ,सुमिना लो विरे तामाङ, मदन विष्ट लगायत अन्य कलाकार तथा स्थानीय कलाकारहरुकोे प्रस्तुति रहेको अायोजकले बताए ।
उक्त कार्यक्रमका अायोजकबाट आमन्त्रित विशिष्ट अतिथिहरु तामाङ कलाकार संघका अध्यक्ष विकु थोकर, सुर्यविनायक नगरपालिका नगर उपाप्रमुख जुना बस्नेत,साथै धर्म गुरु फुर्वा तामाङ खेन्पो रिम्पोर्छे रहेका छन् ।
संसारभर “जिवा” मुसा ल्हो लाई विदाई गरि “लाङ” म्हे ल्हो लाई अाम तामाङहरुले यतिखेर स्वागत गरिरहेको छ ।
उक्त ल्होछार विशेष कार्यक्रममा सम्पुर्ण ल्होछार प्रेमीहरुलाई उपस्थिति लागि अायोजक समितिले निमन्त्रणा समेत गरेका छन्