न्यूजिल्याण्ड । न्युजिल्यान्डमा २८५७ औं लाङ “म्हे” ल्होे गाई वर्ग सोेनाम ल्हाेछार सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

तामाङ सोसाइटी अफ न्यूजिल्याण्डको आयोजनामा भएको ल्होेछार कार्यक्रम आत्मराम खनालको प्रमुख अातिथ्यतामा भएको थिए।

गत १२ फेब्रुअरी २०२१ दिन कार्यक्रम साँझ ६:३० बाट शुरु हुने कार्यक्रम साउथ आईल्याण्डको विन्टन स्थिति ओरिटी प्लेन्स हलमा भएको हो।

तामाङहरु संसारकै जुनसुकै ठाउँमा जन्म भएपनि सबै तामाङहरु एकता भई आफ्नो भाषा, धर्म संस्कार र संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्नुपर्ने ल्होछार मनाउनेकोे मुल उदेश्य रहेको अायोजकले बताए ।

एन आर एन न्यूजिल्याण्डको अध्यक्ष लाल केसी, तामाङ सोसाइटी अफ न्यूजिल्याण्डको पूर्व अध्यक्ष बाल कुमार गोले अतिथिको रुपमा उपस्थित रहेका थिए भने बर्तमान अध्यक्ष सान्त लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरु मिम दोङ, मिलन गोले, दिपेन्द्र क्षेत्रीले विभिन्न नेपाली गीतहरु प्रस्तुत गरको थियो भने सरगम सरुना पाख्रिन,त्रिया ओभिसा लामा,मलिना, क्रिस्टिना, सिर्जन लगाएतका कलाकारहरुले नृत्य प्रस्तुत गरका थिए ।

कार्यक्रममा नेपाली परिकारहरु तामाङ खाना, तामाङ भेषभुषा, नेवारी खाना लगाएत विभिन्न परिकारहरुको स्टल राखिएका थिए ।

एन आर एन न्यूजिल्याण्डको अध्यक्ष लाल केसी, तामाङ सोसाइटी अफ न्यूजिल्याण्डको पूर्व अध्यक्ष बाल कुमार गोले अतिथिको रुपमा उपस्थित रहेका थिए भने बर्तमान अध्यक्ष सान्त लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments