smart

बाैद्व । नेपाल तामाङ कलाकार र तामाङ सोसाइटी अफ,यु के द्वारा  आयोजित तामाङ समुदायको महान राष्ट्रिय पर्व २८५७ औं लाङ” ल्होछार सम्झना, शुभकामना आदान प्रदान तथा वृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं महानगरीय वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको हो।कार्यक्रम
देसाज रेस्टूरेन्ट एन्ड लंजबार नयाँबस्ती काठमाडौं बौद्धमा भएको हो।

सम्पूर्ण तामाङ कलाकारहरुको एकता,तामाङ कला संरक्षण विकास तथा प्रवर्द्धन हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ भएको कार्यक्रममा तामाङ समुदायका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

कार्यक्रममा स्वागत मन्तव्य तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष विश्व दोङले राखेका थियोे । भने उक्त कार्यक्रम मार्फत सम्पूर्ण स्वदेशी तथा प्रवासी संघ,संस्था, दाजुभाइ तथा दिदिबहिनीलाई समर्पित ल्होछार शुभकामना आदान प्रदान तथा वृहत् सांगीतिक कार्यक्रममा तामाङ समुदायको चर्चित कलाकारहरुले आ आफ्नो सांगीतिक प्रस्तुतिहरु राखेका थिए।

उक्त कार्यक्रममा अतिथिहरु वरिष्ठ गायक जयननन्द लामा,वरिष्ठ गायक चन्द्र कुमार मोक्तान,अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा वरिष्ठ गायिका इन्द्रिरा गोले लगायतका अन्य अतिथिहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रम तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवाको सभापतित्वमा भएको कार्यक्रम संस्था महासचिव विशाल कल्तानले सञ्चालन गरेका थिए।

Comments

comments