१० फागुन २०७७
सिन्धुली । जिल्लाको घ्याङलेक-४, गोपेमा बिगत ल्होछार साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । करिब दुइ दशकदेखि योला होइस्हेर तामाङ समाजको आयोजनामा हुँदै आएको सामुहिक ल्होछार साँस्कृतिक समारोह यस वर्ष पनि सोनम ल्होछार मन्जुश्री सम्बत २८५७ लाङ/म्हे ल्होको उपलक्षमा योला होइस्हेर तामाङ समाज र पेमा देछेन गोम्पाको आयोजनामा सम्पन्न भएको हो ।
नेपाल तामाङ विध्यार्थी घेदुङका सङ्घीय अधक्ष्य एबम् नेकपा घयाङलेकका सचिब दिनेश लो तामाङ प्रमुख अथिती रहेको समारोहको अधक्ष्यता योला होइस्हेर तामाङ समाजका अधक्ष्य रुपेश मोक्तान तामाङले गरेका थिए । घ्याङलेक- ४ का अधक्ष्य चक्र पाख्रिन तामाङ विशेष अतिथि रहेको समारोहमा गोपे माबिका अधक्ष्य बिकास पाख्रिन तामाङले स्वागत मन्तव्य राखेका थिए भने बुद्ध पाख्रिन तामाङले कार्यक्रम सन्चालन गरेका थिए ।
ताम्बा गीत प्रस्तुत गर्दै भुतपुर्ब राजनितिज्ञ उपप्रधानपन्च, समाजसेवी अग्रज ताम्बा गान्बा उत्पन्नकुमार वाइबाले भन्ने बेलामा तामाङ म्हरम्हेन बोइग्याल्पो ठिम हामी बुद्धिष्ट भने पनि ब्यबहारमा हिन्दु सस्कार सस्क्रिति हाबी हुँदै गएको अबस्थामा योला होइस्हेरको यस प्रकारको पहलले यस भेगमा तामाङ सस्कार साँस्कृतिक पुनर्उत्थान एबम् संरक्षणमा भुमिका खेलेको बताए । अग्रज समाजसेवी एबम् पुराना कम्युनिष्ट अगुवा केएम घिसिङ तामाङले तामाङ समुदायको सस्कार सस्क्रिति लोप हुँदै जानुमा राजनितिक कारण मुख्य रहेको हुनाले सम्पुर्ण तामाङमा आफ्नो हक अधिकार र मुक्तिको लागि अग्रगामी राजनितिक चेतनाको बिकास हुनु आबस्यक रहेको बताए ।
टाशी दार्गेलीङ गोम्पाका छेवाङ लामाले हामी सम्पुर्ण हिमाली बौद्धमार्गीहरुको साझा पर्व ल्होछार भएको हुनाले सोनम वा ग्याल्पो भनी बिबाद नगरी सबैजना एक भइ ल्होछार मनाउनुपार्नेमा जोड दिए । नेपाल तामाङ घेदुङ घयाङलेकका प्रमिला वाइबाले तामाङ समुदायमा रहेको महिलाप्रधानताको चर्चा गर्दै अझै तामाङ महिलाहरु सुसुचित हुँदै तामाङ समुदायलाइ अघि बढाउन भुमिका खेल्नुपर्ने बताइन । गोपे माबिका प्रधानाध्यापक ऋषिराज ढकालले केहिवर्ष पहिले आफु यस गाउमा आएपछि तामाङ भाषा सस्क्रिति बुझ्न पाएको र यसप्रति मोहित भएको र तामाङ समुदायले यस देशमा जन्मेका बुद्धले प्रतिपादन गरेको बुद्ध धर्मको अनुयायी हुनुमा गौरव गर्दै आफ्नो धर्म सस्क्रितिको सम्रक्षण गर्नुपरने बताए ।
प्रमुख अतिथि दिनेश लो तामाङले हाम्रो भौगोलिक एबम् सामजिक बनावट अनुसार सोनम ल्होछार नै उपयुक्त रहेको र नेपाल तामाङ घेदुङको आधिकारिक धारणा पनि यहिरहेको बताए । तामाङ समुदाय एक भइ ल्होछार जस्तो महान पर्वहरुको सम्रक्षण गर्दै अग्रगमनका निम्ति एक हुनुपर्नेमा जोड दिए ।
साँस्कृतिक समारोहमा गोपे माबिका बिद्यार्थीहारुको समूह जेनिशा पाख्रिन र साथीहारु, राष्ट्रिय नाचकार नवीन वाइबा र साथीहरुको समूह, दावा लो तामाङ,एलबी घिसिङ तामाङ र अन्य स्थानीय कलाकारहारुले तामाङ नाच र गीतहरु प्रस्तुत गरेको समारोहमा घ्याङलेकको अन्य गाउँहरु लगायात काभ्रेको रोशी, महाभारत गापा सम्मका जनसमुदायको व्यापाक उपस्थिति रहेको थियो।
करिब दुई दशक अघि स्थापना भयको योला होइस्हेर तामाङ समाजले प्रतेक वर्ष घरघरमा ल्होछार मनाउने अभियान सन्चालन एबम् सामुहिक ल्होछार सास्क्रितिक समारोह आयोजना गारिआएको छ। योला होइस्हेर तामाङ समाजको पहलले तामाङ संस्कार सस्क्रितिको पुनर्उत्थान एवम् संरक्षणमा टेवा पुगेको स्थानीय बुद्धिजिवी एबम् अगुवाहरुले बताएका छन ।

Comments

comments