भक्तपुर ।लामो समयदेखि कोरियामा बसेर स्वदेश फर्केका युवा गायक युनिक दोङको अर्को फेरि नयाँ तामाङ गीत “म्हाला अाङा”को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ।

उक्त भिडियोमा चर्चित सुपर स्टार नायक कुमार मोक्तान,र नायिका सीता थिङ देख्ने भएको छन् ।

शब्द पत्रकार सिंग मोक्तानले रचना रहेको गीतमा संगीत लोकप्रिय चर्चित गायक तथा संगीतकार विशाल काल्तानको रहेको गीतमा युवा गायक युनिक दोङ र जितु लोप्चनको रहेका छन् ।

युवा निर्देशक प्रतीक ङ्यसुरले निर्देशित गरेका म्युजिक भिडियोलाई छायांकन र ड्रोन क्याप्टेन सुर्य लामाले गरेका छन् ।उक्त छायांकन गरिएको म्युजिक भिडियो छिट्टै बजारमा ल्याउने गायकले बताए।उक्त छायांकन गरेको भिडियोलाई धमाधम सम्पादन भइरहेको निर्माण पक्षले बताएको छ।

गायकको छामे गोर्ङा, ङमरिन खाउ मैज्याङ,काट्टुला साईज छातिस,पोडाला च्याङबा,टेस लासी च्याके,म्हिला खुअी सेमनिपा भन्ने गीतहरु बजारमा अाइसकेका छन् ।
गायक युनिक दोङले गीत सांगीतिक क्षेत्रबाट केही गर्छु भनेर लागिरहेको गायकले पहिले गीतहरु जस्तै दर्शकहरुले पक्कै पनि माया गर्न सक्ने विश्वास गरेका छन् ।

Comments

comments