काठमाडौं । युवा मोडल गायक हिरा लामा(जिकज्याक) र कर्मध्वज लामाको प्रस्तुति रहेको “एनसेलला कि एनटिसीला सिम्” बोलको तामाङ गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ।

युवा निर्देशक अनिस लामाले निर्देशित गरेका भिडियोमा
युवा मोडल हिरा लामा(जिकज्याक)कर्मध्वज लामा र याङ्गी दोङ र कुसुम लामाद्वारा अभिनय गरेका छन् ।

सुशील तामाङको शब्द,संगीत रहेको गीतमा गायक कर्मध्वज लामा र चर्चित गायिका जितु लोप्चनका सुमधुर आवाज रहेको छ।

पर्यटकीय र धार्मिक क्षेत्र निकै महत्त्वपूर्ण स्थल काठमाडौंको स्वयम्भू डाँडाका अासपासका दृश्यहरु भिडियोबाट अवलोकन गर्ने सक्ने छन् ।उक्त भिडियोलाई मुकेश हुमागइले हुमागइ छायांकन गरेको हो भने उक्त म्युजिक भिडियो बजारमा छिट्टै आउने निर्माण पक्षले बताए ।

Comments

comments