मकवानपुर । जनवादी गायक प्रतिक ब्लोन र उनको बुवा विरमान ब्लोनलाई अज्ञात समुहबाट आक्रमण गरि निर्मम कुटपिट गरेर सख्त घाइते भएका  छन् ।

मकवानपुर जिल्ला भकया गाउँपालिका वाड न १ कार्यालयबाट आफ्नो निवास रजुवा घरमा बुवा विरमान ब्लोनसंग जाँदै गर्ने क्रममा बिच बाटोमा पुग्दा केही अजात समुहले आक्रमण गरेको प्रत्यक्षदर्शी बताएका छन् ।

करिब १० ,१२ जनाको समुहमा आएको अज्ञात समुहले एकासी रड, खुकुरी प्रहार गरि टाउको र शरीरमा गम्भीर चोट पुर्याएको छ। घाइतेलाई हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ।घाइतेका परिवारले दोषीको पहिचान गरि कानुनको कठघरामा ल्याई कडाभन्दा कडा कार्वाही गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।