सुदिन लामा
१४ फागुन २०७७
बेथानचोक । तामाङ समुदायको सांस्कृतिक पर्व २८५७ म्हेल्हो सोनाम ल्होछारको अवसरमा काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. २, ढुंखर्कमा ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । सो कार्यक्रम भोली शनिवार (फागुन १५ गते) हुने आयोजकले जनाएको छ ।
कार्यक्रम नेपाल तामाङ घेदुङ, बेथानचोक गाउँ इकाई समितिको आयोजनामा हुन लागेको इकाई समितिका अध्यक्ष सिताराम लामाले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन नेपाल तामाङ घेदुङ, सङ्घीय कार्य समितिका भाषा, साहित्य तथा प्रशिक्षण विभागका प्रमुख काजीमान थिङले गर्ने भएको छ । अध्यक्ष लामाका अनुसार कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।
प्रस्तुतिको लागि कलाकारहरू बुद्ध लामा, आशु सेन लामा, सञ्जीव वाइबा, विशाल काल्तान, पूर्णिमा लामा र मदन लामा लगायतका आउने भएको छ ।
वडा स्तरीय नृत्य प्रतियोगिता समेत हुने उक्त कार्यक्रमको तयारी पूरा भएको अध्यक्ष लामाले जानकारी दिए ।

 

Comments

comments