काठमाडौं । युवा गायक तथा संगीतकार अनिल लामाको संगीतमा रहेको”शैलुङके मेला” बोलको गीतका म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस बहुप्रतिक्षित गीतका म्युजिक भिडियो पुर्व संसद मन्य तिर्थ लामाको प्रमुख आतिथ्यतामा रोयल पार्टी प्यालेस चक्रपथ काठमाडौंमा एक विशेष समारोहको बिचमा बजारमा ल्याएको हो।

नेपालको लोकप्रिय ब्यान्ड मङ्गोलियन हर्टका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित गायक राजु लामाको सुमधुर आवाजमा रहेको छ।

भिडियोमा लोकप्रिय चर्चित गायक राजु लामा र मोड्लिङ क्षेत्रमा चर्चित मोडल एलिसा राई र सजन मोक्तानद्वारा अभिनय गरेका छन् ।
फणीन्द्र राईले एरेञ्ज गरेका गीतलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।छायांकन,इडिट, कलर र ड्रोन क्याप्टेन पवन सुस्लिङ मगरले गरेको हो, भने रेकर्ड तथा सावन ईन्जिनियर मित्र लामाले गरेका गीतलाई संगम स्टुडियोमा रेकर्डिङ गरेका थिए।

धार्मिक दृष्टिकोणले अति नै महत्त्वपूर्ण शैलुङ्गेश्वर महादेव वर्णन गरेको गीतलाई सानो शैलुङ,रामेछापको पोङ्दी,पासीबन लगायतका स्थानहरुमा छायांकन गरेको थिए।

कार्यक्रममा विशिष्ट अतिथि लोकप्रिय गायक राजु लामा,विशेष अतिथिहरु राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन लामा,तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ,मंग‍ोलियन हर्टका ब्यान्डका म्यानेजर ववि लामा,राष्ट्रिय तामाङ घेदुङका साँस्कृतिक विभागका अध्यक्ष शुक्र दोङ,नायिका चाँदनी मोक्तान ,संगीतकार तथा गायक टिका बोम्जन साथै अतिथिमा राष्ट्रिय तामाङ घेदुङका सञ्चार विभागका अध्यक्ष कर्म लामा,तामाङ ढजाङका अध्यक्ष तथा गायक फुल कुमार बोम्जन,संगीतकार सुसन लामा, समाजसेवी अासमान वाइवा, गायिक अभिषेक तामाङ, जगत घिसिङल,गायिका वसन्ती लामा,लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रम संगीतकार अनिल लामाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम पत्रकार सुदिन लामा दोङले सञ्चालन गरेका थिए।

उक्त  भिडियोलाई(मङ्गोलियन हर्ट) अफिसियल युट्युबबाट बजारमा ल्याएको हो।
भिडियो हेर्नुस्

Comments

comments