भक्तपुर । युवा मोडल  हिरा लामा(जिकज्याक) र कर्मध्वज लामाको प्रस्तुति रहेको तामाङ नयाँ गीत “एनसेलला कि एनटिसीला सिम्” बोलको तामाङ गीतको म्युजिक भिडियोको बजारमा आएको छ।

तामाङ चलचित्रकर्मी तथा समाजसेवी अर्जुन लामाको प्रमुख आतिथ्यतमा चिकेन स्टेसन बनेपामा एक विशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक भएको हो।

युवा निर्देशक अनिस लामाले निर्देशित गरेका भिडियोमा
युवा मोडल हिरा लामा(जिकज्याक)कर्मध्वज लामा र याङ्गी दोङ र कुसुम लामाद्वारा अभिनय गरेका छन् ।

सुशील तामाङको शब्द,संगीत रहेको गीतमा गायक कर्मध्वज लामा र चर्चित गायिका जितु लोप्चनका सुमधुर आवाज रहेको छ।

गीतका अडियो एरेञ्ज जोकलाल लामाको रहेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका थिए।

पर्यटकीय र धार्मिक क्षेत्र निकै महत्त्वपूर्ण स्थल काठमाडौंको स्वयम्भू डाँडाका आसपासका दृश्यहरु भिडियोबाट अवलोकन गर्ने सक्ने छन् ।उक्त भिडियोलाई मुकेश हुमागाइले छायांकन गरेका थिए। भने इडिट र कलाकार पदम सुवेदीले गरेको हो।

कार्यक्रममा विशेष अतिथि तामाङ समुदायको पहिलो र्यापार उतर लामा, झिँगु लुनिभा बहुउद्देश्यीय सहकारी संस्था लिका प्रबन्ध निर्देशक सलाम लामा , मिसन समृद्ध नेपालका महासचिव एवम् सारा खबरका प्रवन्ध निर्देशक मिलन लामा लगायतका अतिथिहरुको उपस्थिति रहेका थिए।
यस भिडियोलाई गोन्वो मिडिया अफिसियल युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

उक्त पत्रकार सम्मेलन युवा मोडल  हिरा लामा(जिकज्याक)कोे सभापतित्वमा भएको थियोे ।

भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।