खुमबारी काभ्रे । यही फाल्गुन २२ दोलालघाट खुमबारी पिपलडाँडा काभ्रेमा मञ्जुश्री संवत् २८५७ औं “लाङ” म्हे ल्हो वृहत् सोनाम ल्होछार सांगीतिक कार्यक्रम हुने भएको छ।
ह्याङला ह्रिमठीम ह्याङलान ग्योई,ह्याङनोन डिक्सी छार्नालाई
भन्ने मुल नाराका साथ भुम्लु १०,दोलालघाट खुमबारी पिपलडाँडा काभ्रेद्वारा आयोजित ल्होछार कार्यक्रम पुर्व माननीय तिर्थ लामाको प्रमुख आतिथ्यतमा हुने भएको छ।
उक्त ल्होछार विशेष सांगीतिक कार्यक्रममा अाउने हुने राष्ट्रिय चर्चित कलाकार हरि कर्माचार्य, रोज मोक्तान, अमृत लामा,अभिषेक तामाङ,निर्मला घिसिङ,जितु लोप्चन,मीन योञ्जन,सन्तोष तामाङ र जीवन वाइवाको साथमा स्थानीय कलाकारहरु विशेष प्रस्तुति रहने आयोजकले बताएका छन् ।
कार्यक्रममा तामाङ निर्देशन तथा चर्चित नायक अमिर दोङ,हास्य कलाकार कुईसाङ रुम्वा,नायिका सुस्मा मोक्तान, निशा ग्लान मोडल ईसा घिसिङ लगायतका कलाकारहरुले समेत प्रस्तुति रहेको छ।
सम्पूर्ण तामाङहरु एकै ठाउँमा तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार मनाउने उद्दश्यले आयोजित सो कार्यक्रममा विभिन्न व्यवसायी,समाजसेवी ,बुद्धिजीवी लगायत सबैलाई आयोजकले उपस्थिति लागि अनुरोध गरेका छन्।
उक्त कार्यक्रम वरिष्ठ सञ्चारकर्मी तथा चर्चित उद्घोषक कर्म लामा र सञ्चारकर्मी स्मारिका थिङले सञ्चालन आयोजक समितिले बताए ।

























