बाैद्व । बैरागी मोक्तान नाम तामाङ समुदायमा तामाङ माैलिकता गीतको क्षेत्रमा निकै चलेको नाम भित्र पर्छ। उही गायक तथा संगीतकार बैरागी मोक्तानको रचनामा रहेको तामाङ माैलिक गीत “चनखु गाउँको झिल्के म”बजारमा भिडियो सहित शुक्रबार सार्वजनिक भएको छ।

गायक पासाङ लामा र बैरागी मोक्तानको प्रस्तुति रहेको गीतका भिडियोलाई तामाङ कलाकार संस्थापक अध्यक्ष तथा वरिष्ठ गायक चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा त्रिवेणी फुडल्यान्ड बाैद्व टुसाल एक विशेष कार्यक्रमको अायोजना गरि सार्वजनिक गरेको हो।
तामाङ सभ्यता ,तामाङ संस्कार र संस्कृतिको पहिचान बोकेको यस गीतले सन्देश दिन खोजिएको पाइन्छ ।

शब्द, संगीत गायक बैरागी मोक्तानको रहेको गीतमा
बैरागी मोक्तान, पासाङ लामा,शशिकला मोक्तान र बाविता पाख्रिनको सुमधुर आवाज रहेको छ।

उक्त गीतमा सम्झना तामाङ,अमिर पाख्रिन,लक्ष्मन मोक्तान, गंगा जमुना, मोनिका मोक्तान,प्रमिका थिङ,सुरेश मोक्तान, पासाङ लामा र बैरागी मोक्तान लगायतका कलाकारहरु अभिनय गरेका छन्

कार्यक्रममा विशेष अतिथि तामाङ कलाकार संघका अध्यक्ष सञ्जिब वाइवा तामाङ राष्ट्रिय परिषदका केन्द्रीय सचिव रविन तामाङ गीतकार कुमार स्याङबा, दोलखा मेलुङ गाउँपालिकाका वडा अध्यक्ष कुसुम लामा, हास्यकलाकार कुइसाङ रुम्बा, अनिता नेगी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे ।

Comments

comments