गैर आवासीय नेपाली महिला संघ वेमन कोअर्डिनेटर भोमा लिम्बुको पहलमा बारिस्ता तालिम शुरु भएको छ । १० जना सहभागी रहेको उक्त तालिम १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गरेको आयोजकले जनाएको छ ।
एनआरएनएका उपाध्यक्ष सोनाम लामा र सचिव गौरी जोशीको आर्थिक सहयोगमा काठमाडौँस्थित क्याफे इपिकमा तालिम शुरु भएको हो ।
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले दुइ हप्ते तालिम सुरु गरिएको कोअर्डिनेटर लिम्बुले जानकारी दिइन् । तालिममा सहभागी ९ जिल्लाका बेरोजगार एकल महिला, सुकुम्वासी बस्तीका महिला, बिद्यार्थीहरु सहभागी भएका छन् ।
तालिमपश्चात् रोजगारको व्यवस्था मिलाइदिने क्याफेका सञ्चालिका शर्मिला लामाले बताइन् ।

Comments

comments