चौरीदेउराली गाउँपालिकामा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता-२०७७ आजबाट शुरु भएको छ । प्रतियोगिताको संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज) ले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको पहिलो दिन ६ टिम बिच प्रतिस्पर्धा भएको थियो । आज पहिलो दिनको खेल वडा नं. ६ र ८ विच भएको थियो । खेलमा वडा नं. ६ ले १:०गोलले ले जितेको छ ।
दोस्रो खेल वडा नं. २ र ४ बीचमा प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा वडा नं. २ ले ०२:०० गोलले जितेको छ ।
त्यसैगरी तेस्रो खेल वडा नं. ३ र ५ बीच प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा वडा नं. ५ ले ०२:०० ले जेतेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद तामाङले खेलकुद बिकासको लागि आफुले सधैं सहयोग गर्ने बताए । खेलले राष्ट्रको नाम उच्च बनाउने भएकोले खेलकुदमा युवाहरू लाग्नुपर्नेमा जोड दिए ।
त्यसैगरी गाउँपालिका अध्यक्ष दिननाथ गौतमले युवाहरूको खेलप्रतिको आकर्षणलाई ध्यानमा राखेर गाउँपालिकाले योजना बनाएको बताए ।
कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बिनोद घिसिङको अध्यक्षतामा सम्पन्न भएको थियो ।                      (यो समाचारको शिर्षकमा चौरीदेउराली हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याएको छ ।)

Comments

comments