काठमाडौं । २०२१ मिस तामाङको उपाधि ताज काभ्रे बेथानचोककी सफलता थिङ तामाङले हात पहिरेकी छन्।

युवा तथा खेलकुद मन्त्री माननीय दावा लामाको प्रमुख अातिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियोे ।
कार्यक्रमको शुरूवात मिस तामाङ २३ प्रतिस्पर्धीहरुको स्वागत नृत्यबाट शुरु गरेका कार्यक्रम काठमाडौं राजधानीको होटल र्‍याडिसनमा शुक्रवार साँझ ग्रान्ड फिनाले सम्पन्न भएको हो।

एम डी ग्रुपको प्रस्तुतिमा भएको १३औँ संस्करणको प्रतियोगिता मम्स् इन्टरनेशनल नेपालको आयोजनामा
तामाङ भाषा, धर्म,संस्कार र संस्कृतिलाई प्रबर्द्धन र संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको मिस तामाङ
सफलता थिङले २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगी नम्बर १ ताज उपाधि हात पारेकी हुन्।

त्यसैगरी सफलताले उपाधिसँगै मिस इन्टेलेक्चुअल, मिस मल्टिमिडिया र मोस्ट पपुलर ग्लोबल अनलाइन पे टाइटल पनि आफ्नो पोल्टामा पारिन्।

काठमाडौं मोडल कलेजमा स्नातक तहमा कानुन विषयमा अध्ययनको तयारीमा रहेकी उनलाई १२ संस्कारणकी विजेता सरिता तामाङले ताज पहिरिदिइन्। उनले कार्यक्रमको शुरुमै आफू सफल अधिवक्ता बन्ने साथै अन्याय अत्तिचारको विरुद्धमा निडर भएर अगाडि उभिने, महिलालाई सशक्तीकरण बनाउनेतिर लाग्ने योजना सुनाएकी थिइन्।

ताज र विभिन्न टाइटलसहित सफलताले एक लाख रुपैयाँ नगद, गिफ्ट ह्याम्परका साथमा सिंगापुर टुरको टिकट हात समेत पारेकी छिन्।

मिस तामाङ विजेतापछि सफलताले भने
‘सर्वप्रथम आफ्नो भाषा, संस्कृति, भेषभुषालाई जोगाउनका लागि हरदम तत्पर रहनेछु, किन की मिस तामाङ प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य भनेकै यही नै हो । हाम्रो पहिचान जोगाउन नै । म हरेक नारी लगायत मलाई देख्ने, सुन्ने,भेट्ने सम्पूर्णको लागि प्रेरणाको स्रोत बन्न चाहन्छु । किन की कतिपय व्यक्तिहरूमा प्रतिभा भएता पनि प्रेरणा वा साहस नभएका कारण आगाडी बढेका छैनन् । म न्याय स्थापनाका लागि उदाहरणीय योगदान प्रदान गर्नका लागि, कानुनी ज्ञान समुदायका हरेक कुनाकाप्चामा प्रदान गर्न चाहन्छु, किन की मेरो लक्ष्य नै यही हो ।’ उनले निर्धारित तीन मिनेटको समयमा लेखेर वाचन गरेकी थिइन् ।

त्यसैगरी क्रमश प्रतियोगतामा प्रतियोगी नम्बर ३ सिराहकी पेमा पाख्निन फस्ट रनर अप भइन्। एअर होस्टेस बन्ने सपना बोकेकी उनले भ्युअर च्वाइस टाइटल पनि पाइन्। नुवाकोटकी सोनिया वाइबा सेकेन्ड रनर अप भइन्। पेमाले नगद ५० हजार र सोनियाले ३० हजार नगद पुरस्कार पाएका छन्।

प्रतियोगी सिसम दोङ लामा मिस पर्सनालिटी भइन्। फोटोजेनिकमा सुनिता तितुङ तामाङ, मिस फ्रेण्डली सुस्मा घिसिङ तामाङ र मिस कन्फिडेन्स सुजाता तितुङ तामाङको हातमा पर्‍यो।

उक्त मिस तामाङ कार्यक्रममा वरिष्ठ गायक रोज मोक्तान , निर्देशक तथा चर्चित तामाङ नायक अमिर दोङ, नायिका सुस्मा मोक्तान लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुति राखेका थिए।

निर्णायक वरिष्ठ संगीतकार प्रदीप बमजन,नेपाल तामाङ शैक्षिक परामर्श संघको अध्यक्ष तथा शैक्षिक परामर्श विद के. डि. मोक्तान,डा छिरिङ योञ्जन, नवाङ मोक्तान र पूर्व मिस नेपाल इन्टरनेसनल वर्षा लेखी निर्णायक मण्डलमा रहेका थियोे ।मम्स् इन्टरनेशनल नेपालका अध्यक्ष रञ्जिता ब्लोनकी सभापतित्वमा भएको कार्यक्रम सञ्चारकर्मी मिक्साङ वाइवाले सञ्चालन गरेकी थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।