भक्तपुर । “तिङला पुजु”तामाङ चलचित्र बाराही हल भक्तपुरमा प्रदर्शन भएको छ।
जिम्बा फिल्म् प्रोडक्सन प्रा लि ब्यानरमा निर्माण भएको तामाङ चलचित्र शनिबार एक विशेष कार्यक्रमको अायोजना गरि रोशी गाउँपालिका १२ का वडाध्यक्ष राम मोक्तानको प्रमुख अातिथ्यतामा विशेष च्यारिटी शो भएको थियोे ।
दाजुभाई बीचमा अंश बण्डालाई लिएर निर्माण गरेको तामाङ चलचित्र “तिङ्ला पुजु” सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा सन्देश दिन खोजिएको चलचित्र मुख्य बिशेषता रहेको पाईन्छ ।
कलम रुम्बाको पाठकथा सम्पादक रहेको तिङला पुजु चलचित्रको निमा लामाले निर्देशन गरेका थिए।उक्त चलचित्रमा नायकमा जय स्याङतन, रोशन थिङ तामाङ र नायिकामा अभिना गोले र कल्पना वाइवाले मुख्य भुमिका निभाउनु भएको छ।
चलचित्रको गीतका शब्द, संगीत ,कमल रुम्बाकै रहेको गीतमा गायक सुभा लामा, दुखी लामा, गायिका वाबिता पाख्रिन र सृजना स्याङतनको रहेको छन् ।
चलचित्र द्वन्द्व निर्देशक सुरज श्रेष्ठले गरेको थिए भने मुख्य खलनायक भुमिका के.वी तामाङ रहेको छ।उक्त चलचित्रमा अभिनय गरेका कलाकारहरुलाई सम्मान गरेका थिए। कार्यक्रम विशिष्ट अतिथि शान्ति जनअादर्श सेवा केन्द्रका अध्यक्ष शंखवुद्दा लामा,अतिथि नेपाल युवा घेदुङका उपाध्यक्ष संगम लामा तामाङ,युवा व्यवसायी भोला मैनाली,लगायतका अतिथिहरु उपस्थिति रहेको थियोे ।
यो चलचित्र चैत्र १४ गते बनेपाको शुभकामना हलमा देखाउने तयारी पुरा भएको पनि जानकारी दिएको छ ।

























