भक्तपुर । चैत्र १४ गते शनिबार भक्तपुरमा वृहत् साँस्कृतिक कार्यक्रम तथा “छुम्सी थन्बा माया” गीतको म्युजिक भिडियो सार्वजनिक कार्यक्रमको तयारी पूरा भएको छ।
उक्त कार्यक्रम अजिमा पार्टी प्यालेस सुर्यविनायक भक्तपुरमा गरिने कार्यक्रम निकै चर्चित कलाकारहरुले प्रस्तुति हुने निर्माण पक्षले जानकारी दिएका छ।
युवा गायक मदन घलानको “छुम्सी थान्बा माया” गीतकार ज्ञानदास तामाङको शब्द,संगीत रहेको अत्यन्तै माया प्रेमसंग सम्बन्धित नयाँ म्युजिक भिडियो सार्वजनिक तथा वृहत् सांगीतिक कार्यक्रम -२०७७ भव्य र सभ्य रुपमा सफल बनाउनका लागि कलाकार,समाजसेवी,बुद्धिजीवी तथा पत्रकार लगायतका सम्पुर्णलाई उपस्थितिको लागि विनम्र अनुरोध समेत गायक मदन घलानले गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।