काठमाण्डौं । समाजसेवी छविलाल बोम्जनको प्रस्तुति रहेको “लाहुरे सिकारी”बोलको गीतको भिडियोलाई बाैद्वमा एक विशेष पत्रकार सम्मेलन गरि मोडल निराज लामा र सायारा लामाले नै सार्वजनिक गरेका छन् ।

उक्त गीतको भिडियोमा मोडलद्वय निरज लामाखोर र सायारा लामाले नै मुख्य भुमिकामा अभिनय गरेका थिए।

युवा मोडल निरज लामाखोरले तामाङ सांगीतिक बजारमा एकपछि अर्को गर्दै निकै जम्दै आएका छन् ।छोटो समयमै दर्शकहरुको मन जित्न सफल युवा मोडल हुन् निराज लामाखोर।

यसैगरी काभ्रे जिल्ला चिसापानीबाट मोड्लिङ क्षेत्रमा प्रवेश गरेकी नव मोडल सायारा लामा यस गीतमा डेव्यु गरेका हुन् ।

शब्द, संगीत सानुबाबु घिसिङको रहेको गीतमा युवा गायक मदन ग्लान र नवगायिका सुजिता जिम्बाको आवाज रहेको छ।एरेञ्ज नोर्बु शेर्पा, मिक्सिङ दिपेस प्रधानले गरेका थिए।

युवा निर्देशक कृष्ण ब्लोनको निर्देशित रहेको उक्त म्युजिक भिडियोलाई छायाङ्कन र भिडियो कलर सुर्य लामाले गरेको हो।

उक्त गीतको म्युजिक भिडियो ND MuSic House युट्युब च्यानलबाट यस म्युजिक भिडियो हेर्ने सक्नेछ ।
भिडियो हेर्नुस् ।

Comments

comments