भक्तपुर ।  मदन ग्लान र सुचना थोकरको मायामा बिछोड भएको छन् ।

मदन ग्लानले गरेको माया र विश्वासमा सुचना थोकरले किन विश्वास घात गरिन् भन्ने कुरा थाहा पाउनका लागि भिडियो हेर्नुु नै पर्नेछ ।तर त्यो भने  यथार्थ र वास्तविकता नभए तामाङ प्रेमगीत छुम्सी थान्बा मायामा भिडियो दृश्य मात्र हो।

उक्त भिडियोलाई पुर्व संसद संविधानसभा सदस्य तिर्थ लामाको प्रमुख अातिथ्यतामा छुम्सी थान्बा माया बोलको म्युजिक भिडियो सार्वजनिक तथा वृहत् साँस्कृतिक कार्यक्रम शनिबार अजिमा पार्टी प्यालेस सुर्यविनायक भक्तपुरमा सम्पन्न भएको छ।

शब्द, संगीत ज्ञानदास तामाङको रहेको गीतमा मदन ग्लान र जितु लोप्चनको सुमधुर आवाज रहेको छन् ।

उक्त गीतको एरेञ्ज चाँद सिं को रहेको अडियोमा मिक्सिङ भने गोविन्द सोनिले गरेका थिए।
भिडियो निर्देशन विवेक लामा र विकास प्रसाईं गरेको थियो भने
छायांकन कलर विवेक लामा,ड्रोन क्याप्टेन सुरज लामा गोम्ज‍ाले गरेको थियोे ।

कार्यक्रममा मिस तामाङलाई सम्मान समेत गरेका थिए।साथै कार्यक्रमलाई अझ भव्य मनोरञ्जनका लागि तामाङ समुदायको चर्चित कलाकारहरुले सांगीतिक प्रस्तुति पनि राखेको थियोे ।
कार्यक्रममा विभिन्न संघ, संस्थाका अतिथिहरु ,कलाकार, समाजसेवी,बुद्धिजीवी र पत्रकारहरुको सहभागीता रहेको कार्यक्रमलाई गायक मदन ग्लानको सभापतित्वमा सम्पन्न भएको थिए।

भिडियो हेर्नुस् ।

Comments

comments