बाैद्व । बार्खारी ताईवा सिमसिमे झारीक्वान्बा च्यागो फेसन थरी थरी
मंसिर पुषला ल्होक ल्होक धार्बा खाङ्बा नक्कली छामेला गोईलोसे सा ला धुलु साङ्बा बोलको गीतका म्युजिक भिडियो “छामेला गोईलो” सार्वजनिक भएको छ।

तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा विशेष पत्रकार सम्मेलन गरि उक्त भिडियोलाई बजारमा ल्याएको हो।

बिजय तामाङ र अनु लामाद्वारा रचना गरेको गीतलाई चर्चित लोकप्रिय गायक तथा संगीत बिशाल तामाङले संगीत संयोजन गरेका थिए।संगीत विशाल काल्तन र गायिका सुमिना लो मिठास आवाज सजिएका छन् ।

गीतको भिडियोमा निर्देशक तथा चर्चित नायक अमिर दोङ र नायिका सुस्मा मोक्तान,रमेश लामा र विना लोप्चनको अभिनय रहेका छन् भन्ने बीचबीचमा हास्य कलाकार कुइसाङ रुम्बा र पदम दोङले समेत अभिनय गरेका छन् ।

वरिष्ठ एरेञ्जर चाँद सिंले एरेञ्ज गरेको गीतलाई मिक्सिङ श प्रधानले गरेका थिए। अमिर दोङको निर्देशक रहेको भिडियोलाई त्रिलोक लामाले छायांकन गरेका भिडियोलाई कलर सुर्य लामाले गरेका हुन् ।भिडियोको कोरियोग्राफर अजय गोले भिषण दोङले गरेको थियोे ।

अतिथिहरु तामाङ कलाकार संघका महासचिव, संगीतकार तथा गायक बिशाल काल्तन,एभरेष्ट होम फेसनकी अध्यक्ष रञ्जिता ब्लोन,तामाङ कलाकार संघका कोषाध्यक्ष सुवास मोक्तान लगायतका अतिथिहरु उपस्थिति रहेको थियोे ।उक्त पत्रकार सम्मेलन निर्देशक तथा चर्चित नायक अमिर दोङ सभापतित्वमा सम्पन्न भएको कार्यक्रम पत्रकार छेडुव लामाले  सञ्चालन गरेको थियोे ।
यस भिडियोलाई नेपाली सेलो प्रोडक्सनको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो।
भिडियो हेर्नुस् ।

Comments

comments