बनेपा । जिल्ला सहकारी सङ्घ लि. काभ्रेले ६४ औँ राष्ट्रिय सहकारी दिवस जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउने भएको छ । जिल्लामा सहकारीहरूको प्रवर्द्धन, विकास र समृद्धिका लागि कार्यहरू गर्दै आइरहेको सङ्घले विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको अध्यक्ष दिलीप शर्माले जानकारी दिएका छन् ।
जिल्लामा रहेका १४९५ वटा सहकारी संस्था/सङ्घहरूको छाता सङ्घ रूपमा रहेको छ ।
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मूल नाराका साथ जिल्लामा रहेका सबै अभियन्ता, सहकारी कर्मी र संस्था/ सङ्घहरूमा सूचना साथै अपिल जारी गर्दै चैत्र १९ गतेका दिन नेपालमा कृषि समस्या समाधानका लागि सहकारीको भूमिका विषयक एक दिवसीय गोष्ठीको आयोजना गर्ने अध्यक्ष शर्माले बताएका छन् ।
कार्यपत्र प्रस्तुतका लागि नेपाल सरकारका सचिव गोपीनाथ मैनालीले उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने सङ्घले जनाएको छ । सहकारी सङ्घले चैत्र २० गतेका दिन सङ्घमा रहेको नेपालको राष्ट्रिय झन्डा फेर्ने तथा पूजा गर्ने कार्यक्रम रहेको र सोही दिन ११ बजे देखि रक्तदान कार्यक्रम आयोजना गर्ने र सोही दिन बेलुका साँझ ७ बजे सङ्घको कार्यालयमा दीपावली कायृक्रम समेतको आयोजना गर्ने सङ्घले जनाएको छ ।
सङ्घले आफ्ना सहकारी सदस्य संस्था÷सङ्घहरूका लागि पत्राचार, अपिल र विभिन्न सामाजिक सञ्जाल मार्फत सूचना समेत जारी गर्दै आइरहेको छ । सङ्घका अध्यक्ष शर्माले यो वर्षको राष्ट्रिय सहकारी दिवसलाई भव्य रूपमा सफल बनाउन जिल्लामा रहेका सबै सङ्घ/संस्था, अभियानकर्मी र सम्बद्ध सबैमा हार्दिक अनुरोध समेत गरेका छन् । साथै चैत्र १९ गतेका दिन जिल्ला सहकारी सङ्घ लि. मा आर्थिक कारोबार गरेका सहकारी संस्थाहरू मध्ये उत्कृष्ट रहेका संस्था मध्ये ३ वटालाई संरक्षित पुँजी फिर्ता कोषको रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।

Comments

comments