बनेपा । काभ्रे जिल्ला रोशी गाउँपालिकाको पर्यटन प्रबर्द्धनको सन्देश लिएर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका पर्वतारोही वसन्त तामाङलाई एक लाख रुपैयाँ नगद सहयोग गरेका छन ।
रोशी– १२ का वडा अध्यक्ष राम मोक्तान, नेपाल तामाङ घेदुङ, काभ्रेका अध्यक्ष फुर्साङ मोक्तान, निर्माण व्यबसायी तथा समाजसेवी भोला मैनाली र वडा सदस्य सुकलाल तामाङले
शनिबार संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।
रोशी गाउँपालिकाि वडा नं १२ का तामाङले यहि चैत्र २३ गते सगरमाथा आरोहणको लागि प्रस्थान गर्ने जनाएको छ ।
चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष मोक्तानले आरोहण सफलताको शुभकामना दिए । आरोही तामाङले सहयोग गरेकोमा खुशी व्यक्त गर्दै रोशीको मात्र होइन नेपालकै नाम संसार भरी चिनाउन आफू आरोहण गर्न लागेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।