भक्तपुर । नयाँ वर्ष २०७८ सालको शुरूवात चरणमै नयाँ तामाङ चलचित्र “दोर्जे डन ब्याक अगेन”बैशाख ४ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन हुने भएको छ।

निर्माता भगवती तामाङद्वारा निर्माण भएको सक्सेस फिल्म प्रा लि को ब्यानरमा बनेको तामाङ चलचित्र दोर्जे डन ब्याक अगेन हो।

चलचित्र दोर्जे डन ब्याक अगेनका कथाकार प्रकाश मोेक्तान रहेका छन् भने निर्देशन सीता लामाले गरेकी चलचित्रमा द्वन्द्व निर्देशक शंकर महर्जनले गरेका छन् ।

चलचित्रमा सुपर स्टार चर्चित नायक कुमार मोक्तान, चर्चित नायिका सिता थिङ, पुसन लामा,नव नायिका सुजिना गोले अभिनय मुख्य भुमिका देख्न पाइनेछ ।साथै खलनायकमा विकास स्याङतान, अर्जुन लामा, गुकुल तामाङ,बुद्ध लामा लगायतका धेरै कलाकारहरु अभिनय गरेका छन् ।

चलचित्रमा ५ ओटा गीत समाबेश गरिएको छ।भने चलचित्र समाजिक, आर्थिक, वर्तमान समयसान्दर्भिक रहेको बताएका छन् ।
कोराना भाइरसको कारणले लामो समयदेखि स्थगित भएको चलचित्र अब आम दर्शकको बिच प्रदर्शनीमा तयारी पुरा भएको निर्माण पक्षले बताएको छ।

उक्त चलचित्र च्यारिटी शो मा उपस्थितिको लागि आम दर्शकहरु समक्ष अनुरोध समेत चलचित्र निर्माण पक्षले गरिएको छ।

Comments

comments