भक्तपुर । रमा मोक्तानको प्रस्तुति रहेको तामाङ जुहारी गीत “नाङसाल म्राबा” बोलको गीतका म्युजिक भिडियो संविधान सभा सदस्य एवम् युवा नेता तिर्थ लामाको प्रमुख आतिथ्यतामा सार्वजनिक
भएको छ।

माउन्टेन मल्टिपल कन्सल्सटेन्सी प्रालि सुर्यविनायक भक्तपुरमा एक विशेष कार्यक्रम गरि उक्त भिडियोलाई नयाँ २०७८ सालको उमंगको बीचबाट बजार ल्याएको हो।

तामाङ माैलिकता झल्काएको तामाङ जुहारी गीतको शब्द संकलन रमा मोक्तानको गरेको हो भनेर उक्त गीतमा गायक तथा संगीतकार जगत घिसिङ संगीत संयोजन गरेका छन् ।
यस गीतमा संगीतकार तथा गायक जगत घिसिङ र रमा मोक्तानको स्वर रहेको छ।

सो  म्युजिक भिडियोमा मोडल लाक्पा लामा, याङगी दोङ, र सुनिता योञ्जन हास्य कलाकार कुईसाङ रुम्वाको अभिनय गरेको छन् ।

सुर्य लामाको निर्देशन बनेको भिडियोको छायांकन त्रिलोक लामाले गरेको थिए।
एरेञ्ज नोर्वु शेर्पा रहेको गीतको मिक्सिङ दिपेस प्रधानले गरेका हुन्।

विशेष अतिथि राष्ट्रिय तालिम घेदुङका महासचिव प्रविन वल ,चाैरी देउराली गाउँपालिका वडा ३ का वडाध्यक्ष विनोत घिसिङ,तामाङ समाजसेवी आसमान वाईवातेज थिङ,विकल्प घिसिङ लगायतका अतिथिहरु उपस्थिति रहेको थियो । यस भिडियोलाई जिग्मे मिडिया अफिसियल युट्यवबाट सार्वजनिक गरेको हो।
भिडियो हेर्नुस्