भक्तपुर ।”दोर्जे डन ब्याक अगेन” चलचित्र राष्ट्रिय नाचघर जमलमा भव्य प्रदर्शन प्रदर्शन तथा (“म्हाला आङा” म्युजिक भिडियो सार्वजनिक )भएको छ।

रोशी गाउँपालिका प्रमुख डिवि मोक्तानको प्रमुख आतिथ्यतामा उक्त तामाङ चलचित्र प्रदर्शनी शनिबार ४ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन सम्पन्न भएको हो।

कार्यक्रममा विशेष अतिथि वरिष्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङ, तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवा, तामाङ चलचित्रका उपाध्यक्ष भूइसाल लामा अतिथि वरिष्ठ गायक रोज मोक्तान ,गायक तथा संगीतकार विश्व दोङ,लगायतका समाजसेवी बुद्धिजीवी, चलचित्रकर्मी, कलाकार, पत्रकारहरुक‍ो विशेष उपस्थिति रहेको थिए।

उक्त कार्यक्रमबाट समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने कलाकार, पत्रकार, समाजसेवीहरु लाई विशेष सम्मान साथै मायाको चिनो हस्तान्तरण गरेको थियोे ।

निर्माता भगवती तामाङद्वारा निर्माण भएको सक्सेस फिल्म प्रा लि को ब्यानरमा बनेको तामाङ चलचित्र दोर्जे डन ब्याक अगेन हो।चलचित्र दोर्जे डन ब्याक अगेनका कथाकार प्रकाश मोेक्तान रहेका छन् भने निर्देशन सीता लामाले गरेकी चलचित्रमा द्वन्द्व निर्देशक शंकर महर्जनले गरेका छन् ।

चलचित्रमा सुपर स्टार चर्चित नायक कुमार मोक्तान, चर्चित नायिका सिता थिङ, पुसन लामा,नव नायिका सुजिना गोले अभिनय मुख्य भुमिका देख्न पाइनेछ ।साथै खलनायकमा विकास स्याङतान, अर्जुन लामा, गुकुल तामाङ,बुद्ध लामा लगायतका धेरै कलाकारहरु अभिनय गरेका छन् ।

चलचित्रमा ५ ओटा गीत समाबेश गरिएको छ।यस चलचित्रले तामाङ समुदायको समाजिक, आर्थिक, वर्तमान समयसान्दर्भिक रहेको छन् ।
कोराना भाइरसको कारणले लामो समयदेखि स्थगित भएको चलचित्र अब आम दर्शकको बिच प्रदर्शनीमा ल्याएको निर्माण पक्षले बताएको छ।

उक्त चलचित्र प्रदर्शनी उपस्थिति हुने अाम दर्शकहरुलाई चर्चित नायक कुमार मोक्तानले भने मेरो र हाम्रो लागि दर्शक भगवान हुन् त्यसैले यस चलचित्र प्रदर्शनी उपस्थित भई साथ र माया दिनुभएको विशेष धन्यवाद दिएका छन्।

अब चलचित्र छिट्टै नै भक्तपुर ,बनेपा लगायतका हलहरुमा प्रदर्शनमा अाउने निर्माण पक्षले बताएका छन् ।

उक्त कार्यक्रममा तामाङ गीत “म्हाला अाङा”को म्युजिक भिडियो सार्वजनिक पनि गरेका थिए।उक्त म्युजिक भिडियोमा सोही चलचित्रका नायक कुमार मोक्तान र नायिका सीता थिङले अभिनय गरेका छन् ।

गायक युनिक दोङ र गायिका जितु लोप्चनको स्वर रहेको गीतलाई सञ्चारकर्मी सिंगा बहादुर मोक्तानको शब्द रहेको थियोे ।

Comments

comments