भक्तपुर ।तामाङ सांगीतिक  क्षेत्रमा नयाँ वर्ष २०७८ सालको सुरुवात संगै लोकप्रिय संगीत गायक विशाल काल्तानले दर्शक स्रोताहरु माझ नयाँ तामाङ प्रेमगित ” सिङबा सिङबा ” बजारमा ल्याएका छन् ।

उक्त गीतलाई दुच्छे म्युजिक क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।

तामाङ प्रेम गितमा एकपक्ष अर्को गर्द गायकले धेरै चर्चित तामाङ प्रेम गीतहरु गाईसकेका छन् । गायक विशाल काल्तानको यो नयाँ वर्षको भने यो माया प्रेमगीत पहिलो गीत हो ।

माया ममता, स्नेह संग सम्बन्धित यस गीतको शब्द,संगीत रहेको गीत लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तानलाई स्वरमा साथ दिएकी छिन अहिलेको चर्चित गायिका जितु लोप्चनले ।

गायक बिशाल काल्तानको आफ्नै शब्द र संगितमा रहेको यस गीतलाई एरेन्ज चाद सिंले गरेको हो। भने गितको मिक्सिङ भने दिपेश प्रधानले गरेका छन ।

म्युजिक भिडियोको निर्देशन तामाङ चलचित्रका चर्चित नायक तथा निर्देशक अमिरर दोङद्वारा निर्देशित गरेको । गीतमा मोडल तथा समाजसेवि सागर मोक्तान र चर्चित कलाकार मोडल रजनी गुरुङको अभिनय यस गितमा रहेको छ।
भिडियो छयांकनमा अजय रेग्मी , कलरमा राजेन्द्र मोक्तानले गरेको हो।

Comments

comments