काठमाडौं । गायिका तथा मोडल कोपिला घिसिङको प्रेमगीत “प्रेमको रंग”गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।
माया को हो? प्रेम के हो? ममता र स्नेह के हो भन्ने कुरा यस गीतबाट प्रष्ट बुझ्न सकिन।साथै कस्तो खालको मायाको सम्बन्ध अगाडि बढाउदा राम्रो हुन्छ र माया कस्तो हुनुपर्छ भन्ने कुरा यस गीतलाई पनि उदाहरणको रुपमा लिन सकिन्छ
दोलखा जिल्लाबाट गायिका क्षेत्रमा उदयकी कोपिला घिसिङले आफ्नो स्वरमा रहेको प्रेमगीत “प्रेमको रंग” गीतको म्युजिक भिडियोमा आफैले अभिनय गरेकी छिन् ।
उक्त गीतमा कोपिला घिसिङकै सुमधुर आवाज रहेको छ। भने आर. वि स्याङचानको शब्द, संगीत एरेञ्ज रहेका छन् ।
भिडियोको निर्देशन,छायांकन र इडिट डिका गुरुङले गरेको हो भने कलर जोन राईले गरेका हुन् ।
भिडियो हेर्नुस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























