राष्ट्रिय सहकारी महासंघ लि., बागमती प्रदेश सहकारी समन्वय उप समितिको प्रथम बैठक जिल्ला सहकारी संघ लि. को व्यवस्थापन तथा संयोजनमा धुलिखेलमा सम्पन्न भएको छ । समन्वय उप समितिका संयोजक तथा राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक सदस्य डि.बि बस्नेतको अध्यक्षतामा भएको उक्त बैठकमा महासंघ लि.का अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता, संघका निबर्तमान अध्यक्ष केसवप्रसाद बडालको बिशिष्ट आतिथ्यता र उपाध्यक्ष रमेशप्रसाद पोखरेलको आतिथ्यतामा भएको थियो ।
राष्ट्रिय सहकारी महासं लि. ले सहकारी अभियानको ईतिहासमा नै ७ वटै प्रदेशमा यस्तो खालको उप समिति निर्माण गरी सहकारी अभियानको संस्थागत सुशासन, पारदर्शिता सहित सहकारीको प्रवद्र्धन र विकास गर्ने उद्देश्यका साथ अगाडि बढाएको हो । ७ प्रदेशमा नै पहिलो बैठक भएको हुँदा अभियानले यो बैठक निकै महत्व मानिएको छ । ५ वटा भन्दा बढी बिषयमा कार्यपत्र प्रस्तुत गरिएको उक्त बैठकको प्रमुख अतिथी तथा महासंघका अध्यक्ष कँडेलले पानसमा दीपप्रज्वलन गर्दै उद्घाटन गरेका थिए ।
बागमती प्रदेशमा रहेका १३ वटै जिल्लाका जिल्ला सहकारी संघ लि. का अध्यक्षहरु, बिषयगत संघका उप समितिमा मनोनयन हुनुभएका अध्यक्षज्यूहरु, प्रदेश सहकारी संघ लि. का अध्यक्ष तथा प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षहरुको कार्यक्रममा सहभागिता रहेको थियो । प्रदेशमा सहकारीका क्षेत्रमा जिल्लामा देखा परेका समस्या, प्रवद्र्धन, विकास तथा समस्याका समाधानहरुका बारेमा विभिन्न बिषयमा छलफल भएको उक्त बैठकमा १५ वटा भन्दा बढी सहकारीका क्षेत्रमा आगामी दिनमा कार्य सञ्चालन गर्ने महत्वपूर्ण निर्णय भएको छ ।
कार्यक्रममा महासंघ लि.को तर्फबाट बागमती प्रदेश सहकारी अनुगमन प्रतिवेदन डि.बि.बस्नेत, महासंघ लि. का महा प्रवन्धक चित्राकुमारी थाम्सुहांङले राष्ट्रिय सहकारी महासंघले संघहरुको लागि प्रवद्र्धनमा गरेका प्रयास तथा कार्यहरुका बारेमा प्रस्तुतीकरण गरेका थिए । उक्त बैठकमा राष्ट्रिय सहकारी बैंकका बद्री गुरागाँई, केन्द्रिय बचत तथा ऋण सहकारी संघ, केन्द्रिय कृषि सहकारी संघहरुले बागमती प्रदेशमा भएका प्रगती र आगामी दिनमा गरिने क्रियाकलापहरुका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।