कोरोना भाइरसको हलुवा वा मध्यम लक्षणका बिरामीलाई घर अथवा होम आइसोलेसनमा रहन चिकित्सकहरु सुझाव दिनुहुन्छ । होम आइसोलेसनमा रहेका संक्रमितको देखभाल गर्ने व्यक्तिमाथि जिम्मेवारी बढी रहन्छ ।
उहाँहरुमा संक्रमितको हेरचाहको अलवा संक्रमणबाट आफु बच्नसमेत विशेष ख्याल राख्न अति जरुरी छ । घरमा नै संक्रमितको हेरचाह गर्ने घरमा अन्य सदस्यहरुले निम्न गाइडलाइन पालना गर्नपर्ने हुन्छ ।
१.यदि तपाई कोरोनाका बिरामीको हेरचाह गर्दै हुनुहुन्छ भने डाक्टरले भन्नुभएको सबै औषधिका बारेमा यथेष्ट जानकारी थाहा पाउन जरुरी हुन्छ । बिरामी र डाक्टरबीचको सम्पर्क कायम राख्दै डाक्टरले बताएअनुसारको निर्देशन पालना गर्नुपर्छ । घरमा रहेका धेरैजसो संक्रमितले एक हप्तापछि स्वास्थ्यमा राम्रो सुधार आएको महसुस गर्छन् ।
२.बिरामीको खानपानको विशेष ख्याल राख्नुपर्छ । बिरामीलाई पर्याप्त तरल पदार्थ खान दिनुपर्छ । ध्यान राख्नुुहोस् कि बिरामीले आराम गर्नुपर्छ । बिरामीको लागि आवश्यक सामन उपलव्ध हुनुपर्छ । सम्भव भएसम्म बिरामीका लागि आवश्यक सामन अनलाइन मार्फत अर्डर गर्नुहोस् ।
३.यदि कोरोना संक्रमितको घरमा कुनै घरपालुवा जनावर छ भने उसको पनि ख्याल राख्नुपर्छ । संक्रमित र घरपालुवा जनावर कुनै पनि हालतमा प्रत्यक्ष सम्पर्कमा आउन हुँदैन । जस्तै : कुकुर, बिरालो ।
४.संक्रमितको गम्भिर लक्षणमाथि निगरानी राख्नुपर्छ । यदि बिरामीलाई सास फेर्न गाहे भए, छातीमा दुखाइ भए तथा बिरामी ओछ्यानबाट उठबस गर्न नसक्ने अवस्थामा पुगेमा तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।

हेरचाह गर्ने व्यक्तिले ध्यान दिनपर्ने कुराहरु :

१.बिरामीसँग कुनै पनि तरिकाले सिधै सम्पर्कमा नरहनुहोस् । कोरोना भाइरस एकअर्का बीचको सम्पर्कमा आएमा संक्रमितको थुकको छिटा तथा खोक्दा वा हाँछ्यु गर्दा निस्कने छिटाबाट सर्दछ त्यसैले कमसेकम ६ फिटको दुरीमा रहेर संक्रमितको हेरचाह गर्नुपर्दछ ।
२.संक्रमितलाई हेर्ने व्यक्ति स्वस्थ अर्थात् पहिला कुनै पनि बिरामी नभएको हुनुपर्छ ताकी संक्रमणको सम्भावना कम भएका व्यक्ति हुनुपर्छ । संक्रमित पुर्ण रुपमा आइसोलेट हुनुपर्दछ । संक्रमितका लागि छुट्टै कोठा, बाथरुम हुनुपर्दछ । संक्रमित रहने कोठाको झ्याल खुल्ला राख्नुपर्छ ताकि सही भेन्टिलेसन बनिरहोस्, कोठा नगुम्सियोस् ।
२.संक्रमित रहेको घरमा संक्रमण मुक्त नहुञ्जेल बाहिरका व्यक्ति जसलाई बिरामी हुने जोखिम उच्च छ,उनीहरुलाई आउन दिनहुँदैन । संक्रमितको देखभाल गरिरहेका व्यक्ति अनावश्यक घरबाट बाहिर निस्कनुहुँदैन ।
३.संक्रमितले आफ्नै कोठामा खानुपर्छ । संक्रमितको हेरचाहमा खटिएका व्यक्तिहरुले पञ्जा लगाएर संक्रमितले प्रयोग गरेका भाँडाकुडा उठाएर भाँडालाई साबुन र तातोपानीले सफा गर्नुपर्छ । पञ्जा निकालेपछि हात राम्रोसँग धुनुपर्छ । हेरचाह गर्ने व्यक्ति आफुले प्रयोग गरिरहेको भाँडा, कपडा संक्रमितसँग शेयर गर्नहुँदैन ।
४.हेरचाह गर्ने व्यक्तिले घरमा रहेका बाँकी सदस्यहरुसँग कुरा गर्दा मास्क लगाउनुपर्छ । मास्कले थुकको छिटा अर्काे व्यक्तिसम्म पुग्न रोक्दछ । संक्रमितको देखभाल गर्न संक्रमितको कोठामा जादा सही तरिकाले मास्क लगाउनुपर्छ । मास्क बेला बेलामा बदल्नुपर्छ ।
५.संक्रमितको हेरचाह गर्ने व्यक्तिले साबुनपानीले बारम्बार हात धुनुपर्छ । घरको भुँइ बेला – बेलामा सफा गरि रहनुपर्छ । हात नधोइ आँखा, मुख, नाकलाई छुनुहुँदैन ।
६.संक्रमितको कोठाबाट भाइरस हटाउन प्रत्येक दिन संक्रमित बसेको कोठा साबुन तथा डिटरजेन्टले सफा गर्नुपर्छ । सफा गर्ने समयमा मास्क र पञ्जा राम्रोसँग लगाएको हुनुपर्छ । पटक पटक छुने सतहलाई सफा गर्नुपर्छ ।

Comments

comments