भक्तपुर । युवा नव गायक कविन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ”बोलको माया प्रेेम गीत सार्वजनिक भएको छ।

आफ्नो प्रेम प्रेमिका बीचमा मायाको शब्द मुटु भित्रबाट एकअर्कालाई निकै मायालु भावले व्यक्त गरेको छन् ।

प्रेमप्रेमिका बीचमा साँच्चिकै माया कस्तो हुनुपर्छ ।कसरी सम्बन्धलाई अझ प्रकट बनाउछ भने कुरा यस गीतमा भेटिन्छन् ।
मायाको अर्थ, मायामा बिश्वास कसरी हुँदोरहेछ भने कुरा अनि
माया, ममता र स्नेहलाई निकै मार्मिक ढंगले दर्साएको पाईन्छ ।अाफ्नो हृदयमा सजाएका मायालु लाई मायाको शब्दले भावुकताका साथ मायामा रमाउने प्रयास एकअर्काले गरेका छन् ।

तिमीसँग बोल्दा बोल्दै, हेर्दा हेर्दै निदाउन पाऊँ,
जिवन भरी रम्दा रम्दै हाँस्दा हस्दै बिताउन पाऊँ,

यस गीतको शब्द,संगीत युवा नव गायक कविन्द्र मोक्तानको रहेको छन् भने कविन्द्र मोक्तानको र गायिका एलिना चौहानको सुमधुर आवाजमा रहेको छन् ।
एरेञ्ज कर्साङ लामाले गरेको गीत मिक्सिङ डिका गुरुङले गरेका छन् ।

गीत“तिम्रै हुन पाऊँ” गायिका एलिना चौहानको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Comments

comments