काठमाडौं । राष्ट्रिय युवा संघ नेपालद्वारा स्वास्थ्य सामग्री वितरण गरिएका छन् ।

“जहाँ समस्या त्यहाँ राष्ट्रिय युवा संघ नेपाल”भन्ने मूलनाराका साथ राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उप-महासचिव योगेन्द्र लामा (वाला)को नेतृत्वमा काठमाडौंको बाैद्वमा नयाँ भेरियन्ट कोरोना (कोभिड-१९) भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि हेल्प डेस्क सञ्चालन गरेका छन् ।

उक्त हेल्प डेस्क जनचेतनाममुलक स्वास्थ्य सामग्री सेनिटाइजर,मास्क र पानी वितरण गरिएको हो।
हाल सम्म राष्ट्रिय युवा संंघ नेपालले काठमाडौं उपत्यका भित्र ५ ठाउँ (नयाँ बानेश्वर ,गोंगबु ,कलंकी ,भक्तपुर र कोटेश्वर) लगायतका स्थानहरुमा हेल्प डेस्क स्थापना गरेको छ ।

संघले काठमाडौं उपत्यका भित्र हेल्प डेस्क लाई नागढुङ्गा ,स्वयम्भू ,चावहिल,बौद्व,ठमेल,जगाती,लगनखेल,मंगलबजार लगायतका ठाउँमा विस्तार गर्ने योजना तय गरिएको छ ।

उक्त सामग्री वितरणमा अध्यक्ष बचन बहादुर सिंह सह-अध्यक्ष,
किरण पौडेल र महासचिव रमेश आचार्य लगायतले हस्तान्तरण गरेको हो।

Comments

comments