सुनिता तामाङ दोङ
इराक । बैदेशिक रोजगारको सिलसिलामा विगत सात वर्षदेखि इराक कुर्दिस्तानमा रहेकी एक नेपाली महिलाको निधन भएको छ । केही दिन अघि मात्र कोभिड–१९ लाई जितेकी उनलाई पछि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
मृत्यु हनेमा सिन्धुपाल्चोक सिम्पलकाभ्रे–९ मानेडाँडाकी चिनीमाया तामाङ हुन् । तामाङको सुलेमानीस्थित तवाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कोभिड–१९ जिते पनि पछि उनलाई स्वास्थ्यमा समस्या देखिएपछि सुलेमानीस्थित तवाडी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मुटुका भल्व बन्द भएको, किड्नीमा स्टोर फोक्सोमा पानी जमेको रिपोर्ट आएको थियो ।
डाक्टरले उनलाई नेपाल लैजान सुझाव दिएपनि नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण समयमै नेपाल लैजान नसकेपछि उनको सुलेमानीमै शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरेपछि उनको खुट्टा फुल्लिनुका साथै अन्य शारीरिक समस्या पनि देखिएको थियो ।
शल्यक्रिया गरेको छैटौं दिन उनको सोमबार विहान निधन भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























