२२ बैशाख, काठमाडौं । तामाङ विकिपिडिया स्थापनाको लागि काठमाडौंमा शनिबार भेला सम्पन्न भएको छ ।
भेलाले पाँच सदस्यीय एक कार्यदल समेत निर्माण गरेको भाषाविद् अमृत योञ्जनले तेमाल अनलाईनलाई जानकारी दिएका छन् ।

यस्को स्थापनाको लागि ज्ञानका विविध क्षेत्रका १५ सय लेख तयार गर्नुपर्ने योञ्जनले बताए । लेख तयार भएपछि विकिपिडियाका निर्णायक मण्डलले जाँचबुझ गरी तामाङ विकिपिडिया खोल्न अनुमति प्रदान गर्नेछ ।

भेलामा विकिपिडिया क्षेत्रमा कार्यरत सरोज ढकाल लगायतका ३ जना कम्प्युटर इन्जिनियर र आइटि विज्ञहरूले विकिपिडियाबारेमा जानकारी प्रस्तुत गरेका थिए । यस अघि नेपाली, नेवारी, मैथिली, भोजपुरी र डोटेली भाषाले प्रवेश पाइसकेका छन् ।

ज्ञानका विविध क्षेत्र भूगोल, इतिहाल, विज्ञान, प्रविधि, प्रतिभा, सामाजिक, वन, जीवजन्तु, वातावरण, संस्कृति, भाषा, राजनीति, खेलकुद, गीत÷संगीत आदि विविध क्षेत्रका परिचय खुल्ने गरी १५० मन्दा धेरै शब्दमा लेख लेखी पठाउन हुन योञ्जनले अनुरोध समेत गरेका छन् ।

तामाङ भाषामा १५ सय लेख तिन महिनाभित्रै तयार गर्ने लक्ष्य रहेको योञ्जनले बताए । अनुवादको कार्य पनि प्रारम्भ भइसकेको छ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला