रामेछाप । रामेछाप सुनापति गाउँपालिकामा सक्षम स्मृति प्रतिष्ठान सुनापतिको जनताको सारथी बनेका छन् ।साथमा वि.वि. टि.एमले कोरोना टेस्ट गरेका छन् ।

अरुभन्दा बेग्लै पहिचान कोभिड-१९ लगाएका विभिन्न समस्यामा परेकालाई बचाउने सक्षम स्मृति प्रतिष्ठानको अभियान भन्ने मुल नाराका साथ सक्षम स्मृति प्रतिष्ठानले रामेछाप जिल्ला सुनपाति गाउँपालिकामा कोरोना पोजिटिभ भएकाहरुलाई पौष्टिकयुक्त खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

अग्र भागमा रहेर कोभिड संग लड्दै जनताको स्वास्थ्यको लागि जोखिम मोल्ने स्वास्थ्यकर्मीहरु सहित २६० जनालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ।

सोमबार गाउँपालिका उपाध्यक्ष गीता बिष्ट र सुनापती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ मार्फत जनता सम्म पुग्ने गरि हस्तान्तरण गरेका थिए।साथमा सुनापाति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष बाबुराम तामाङको पनि उपस्थिति रहेको थियोे । वितरित स्वास्थ्य सामग्री संगै वि.वि. टि.एम.को सहायतामा एन्टिजेन विधि बाट कोभिड टेस्ट अध्यक्ष नवराज तामाङ र संस्थाका कार्यक्रमका मध्यस्त कर्ता सरस्वती कार्की लगायतका अन्य स्वास्थ्यकर्मीले अग्र भागमा रहेर परिक्षण गरेका थिए।

यसैगरी सोही दिन सुनपाति गाउँपालिकाको वडा १ गुन्सी धारापानीमा ३२ जना र वडा ३ कामामा २३ जनाको एन्टिजेन प्रबिधिबाट स्वास्थ्य परिक्षण गरेका थिए । दुवै वडाको गरि जम्मा ५५ जनाको स्वास्थ्य परिक्षण गरेको थियोे ।उक्त परिक्षणबाट वडा १ मा २ जना,वडा ३ मा १ गरि ३ जनालाई कोरोना पोजिटिभ देखिएको थियो ।

राष्ट्रिय तामाङ घेदुङका महासचिव तथा सक्षम स्मृति प्रतिष्ठानका अध्यक्ष प्रविण कुमार बलले गाउँपालिकाको गम्भीर ध्यानाकर्षण गरादै सुनपाति गाउँपालिका भित्रका कुनैपनि जनतालाई कोभिड-१९ का कारण स्वास्थ्य स्थिति जटिलता भै काठमाडौं उपचार गर्न ल्याउनु पर्ने भएमा बिरामीलाई रु १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने र सुनापतिकै जनता कोभिडका कारणले उपत्यकामा चुलो बाल्न नसकिने परिवारलाई सहयोग गर्ने अध्यक्ष बलले प्रतिबद्धता गरेका छन् । यो महामारीमा सक्षम स्मृति प्रतिस्ठानले चलाएको अभियानलाई देश तथा बिदेश बाट साथ र सहयोग गर्नु हुने सम्पुर्णलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो ।

उक्त गाउँपालिका अन्तर्गत २८१ जना कोरोना संक्रमित मध्य हाल ११६ जना मुक्त भएको छ। भने हालसम्म २ जना मृत्यु भएको कुरा स्वास्थ्य प्रमुख बाट जानकारी गराउनु भएको थियो ।

Comments

comments