सिन्धुपाल्चोक । नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव एवम् सक्षम स्मृति प्रतिष्ठानको अध्यक्ष प्रवीण कुमार बलको विशेष नेतृत्वमा राहत लिएर सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् ।साथमा मिसन समृद्ध नेपालका अध्यक्ष तथा पत्रकार सुदिन लामा दोङ समाजिक अभियन्ता बाविता योञ्जन लगायत पुगेका थिए।

सिन्धुपाल्चोकको मेलम्ची बजार लगायतका अन्य क्षेत्रहरुमा बाढीले निकै बेहाल तुल्याएको छ । मंगलबार राति ११ बजे सुन्दर मेलम्ची बजार अविरल वर्षाका कारण इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय घर पूर्ण रुपमा डुबानमा परेका छन् । घरको तीन तलासम्म लेदोले डुबेको अवस्था छ भने सारा सामान छाडेर ज्यान जोगाउनकै लागि नजिकैको माथि डाँडामा रहेको विद्यालयमा आश्रय लिएका स्थानीयवासीका लागि गाँस, बास र कपासको समस्या टड्कारो भएको छ ।

उक्त बाढी पीडितहरुलाई सहयोग गरिदिनु हुन सम्बन्धित निकाय लगायत विभिन्न व्यवसायी, समाजसेवीहरुलाई अनुरोध पनि गरेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची उर्लिंदा बाढीमा ५० जना बेपत्ता भएका मध्येका ७ जनाको मंगलबार शव भेटिएको स्थानीय स्रोतले बताएको छन् ,भने बेपत्ताको खोजी कार्य भइरहेको सिन्धुपाल्चोकका जिल्ला प्रमुख अधिकारीले जानकारी दिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।