सुदिन लामा
२३ बैशाख, भक्तपुर । तामाङ साँस्कृतिक भवन निर्माणका लागि भक्तपुरमा ‘बृहत साँस्कृतिक कार्यक्रम–२०७५’ हुनेभएको छ ।

कार्यक्रम नेपाल राष्ट्रिय तामाङ साँस्कृतिक घेदुङ, केन्द्रीय समितिको आयोजनामा आगामी बैशाख २९ गते शनिबारका दिन हुने भएको हो ।

निर्माणाधिन अवस्था रहेको तामाङ साँस्कृतिक भवन

घेदुङका केन्द्रीय अध्यक्ष शुक्र लामा दोङका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

तामाङ समुदायको धार्मिक, साँस्कृतिक, परम्परा झल्किने सामग्रीहरु समाबेश गरिने उक्त भवन निर्माणका लागि १५ लाख रुपैयाँ रकमको आवश्यकता रहोको दोङले तेमाल अनलाईनलाई जानकारी दिए ।

नेपाली काँग्रेसका युवा नेता गगन थापाको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रम विहान १० बजेबाट शुरुभई बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ ।

साँस्कृतिक कार्यक्रममा निक्कै नै चर्चित राष्ट्रिय कलाकारहरु विजय लामा, रोज मोक्तान, विकु थोकर, विशाल कल्तान, निमा दोङ, प्रयास दोङ, सुरेश लामा, कुमार लामा लगायतकाको बेजोड प्रस्तुती रहने अध्यक्ष दोङले बताए ।
कार्यक्रम भक्तपुरको टुरिज्म मार्केटमा हुनेछ ।

तामाङ साँस्कृतिक भवन काठमाडौंको बुढानिलकण्ठ स्थित चपली हाइटमा निर्माण भइरहेको आयोजकले जानकारी दिए ।

Comments

comments