सिन्धुपाल्चोक । समाजमा हरेक समस्या परेकाहरुलाई अग्र स्थानमा रहेर निरन्तर पीडितहरूलाई साथ दिने महान मनका धनी समाजसेवीहरु आज बुधबार १०:३०मा हेलिकप्टर मार्फत राहत बोकेर सिन्धुपाल्चोक हेलम्बु प्रस्थान हुने भएका छन् ।

नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव एवम् सक्षम स्मृति प्रतिष्ठानको अध्यक्ष प्रवीण कुमार बल,अशोक कमर्सियल एण्ड आवास कम्पनीका अध्यक्ष राम बहादुर थिङ(अशोक)सोही कम्पनीको कार्यकारी प्रमुख श्री तामाङ, पञ्चबुद्व रियल स्टेटका अध्यक्ष रविन्स लामा सिन्धुपाल्चोक हेलम्बु जाने भएको हो।

आषढ १ गते बेलुका बाढीपहिरोले बेहाल तुल्याएको सिन्धुपाल्चोकको हेलम्बुमा विशेष राहतका साथ सहयोग गर्ने उद्देश्यले उक्त बाढीपहिरोले प्रभावित भएको स्थलमा पुग्ने जानकारी दिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।