सिन्धुपाल्चोक । अशोक कमर्सियल एण्ड आवास कम्पनीका अध्यक्ष राम बहादुर थिङ(अशोक)ले उपलब्ध गरिएको हेलिकप्टरमा काठमाडौंबाट ४ भाइ राहत सामग्री बोकेर सिन्धुपाल्चोक हेलम्बु -१ हाल्देमा पुगेका छन् ।

तर उनीहरू भने एउटै आमाको सन्तान नभए रामेछाप,काभ्रे,नुवाकोटको हुन् तर समाजिक कार्यक्रममा भने निरन्तर एउटै आमाको सन्तान झै  हरेक समाजसेवामा सधैं संगसंगै खटिएका छन् ।

बाढीपहिरो पीडित राहत व्यवस्थापन नेपाल राष्ट्रिय तामाङ घेदुङको नेतृत्वमा राहत वितरणका लागि सक्षम स्मृति प्रतिष्ठानको अध्यक्ष प्रवीण कुमार बल र पञ्चबुद्व रियल स्टेटका अध्यक्ष तथा युवा नेता रविन्स् लामाले गरेको थियोे ।

गत आषाढ १ गते आएको भीषण बाढीपहिरोले प्रभावित भएर घरबार विस्थापित भएका हेलम्बु -१ का ११ घरधुरीलाई त्रिपाल, चामल, तेल,नुन,सहित नगद रु १५ हजार रुपैयाँ वितरण गरिएको छन् ।

नेपाल राष्ट्रिय तामाङ घेदुङको नेतृत्वमा राहत वितरणका लागि सक्षम स्मृति प्रतिष्ठानको अध्यक्ष प्रवीण कुमार बल,अशोक कमर्सियल एण्ड आवास कम्पनीका अध्यक्ष राम बहादुर थिङ,पञ्चबुद्व रियल स्टेटका अध्यक्ष तथा युवा नेता रविन्स् लामा ,साथै अशोक कमर्सियल एण्ड आवास कम्पनीका कम्पनीको कार्यकारी प्रमुख श्रीतामाङ र मिसन समृद्ध नेपालका तथा पत्रकार सुदिन लामा पुगेका थिए।

बाढीपहिरोले गर्दा उक्त गाउँमा जाने बाटो सबै क्षतविक्षत भएको हुनाले कुनैपनि सवारीसाधन जान नसकेर हेलिकप्टर मार्फत राहत सामग्री पुर्याएको हो।

समाजमा हरेक समस्या परेकाहरुलाई अग्र स्थानमा रहेर निरन्तर पीडितहरूलाई साथ दिने महान मनका धनी समाजसेवीहरु शुक्रबार १:३० मा हेलिकप्टर मार्फत राहत बोकेर सिन्धुपाल्चोक हेलम्बु तर्फ प्रस्थान भएको थिए।

राहत वितरण गर्न सिन्धुपाल्चोक हेलम्बु पुगेका समाजसेवीहरुले त्यहाँको वस्तुगत परिस्थिति नियाल्दा निकै कहालीलाग्दो रहेको भन्दै विश्वास छ हामी सारा नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बाढीले बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ। भनेर निकै भाबुक भएर उनीहरूले सामुहिक रुपमा अभिव्यक्त दिनुभयो ।

रोइ रहेको सिन्धुपाल्चोकको लागि सानो सारथी बनेर त्यहाँ पुगेको उल्लेख गर्दै भने जो जता भएपनि तत्काल सहयोग गर्नु पर्ने परिस्थिती रहेको सक्षम स्मृति प्रतिष्ठानका अध्यक्ष प्रवीण कुमार बलले बताउनुभयो ।

पीडितलाई राहत दिनलाई के हेलिकप्टर नै चाहिने हो? भन्ने प्रश्न गर्दा समाजसेवी रामबहादुर थिङ(अशोक) भने हामीले जुन ठाउँमा बाढीपहिरोको कारण साच्चिकै पीडित भएको ठाउँमा जाने योजनामा थियोे ।तर जुन हेलम्ब १ मा साच्चिकै पीडितलाई हालसम्म कुनै राहत नपाएको अवस्था रहेको हामीले बुझे, त्यसअनुरूप त्यहाँका स्थानीयलाई जानकार लिँदा बाटो पूर्णरूपमा पहिरोले अबरोध भएको जानकारी पाएपछि जुन ठाउँमा पीडितलाई राहत पुर्याउनु थियोे तर गाडीमा सम्भव नभएपछि हेलिकप्टर प्रयोग गरिनुपर्ने बाध्यता भएको बताएका छन् ।

त्यसैगरी पञ्चबुद्व रियल स्टेटका अध्यक्ष तथा युवा नेता रविन्स् लामाले भने जुन घटना हुनु नहुनु थियोे तर भयो अझै जोखिमपूर्ण खतरा रहेको रहेछ। हामीले धेरै सहयोग गर्ने नसकेपनि थोरै भएपनि
वास्तविक पीडितहरुलाई हेलम्बुसम्म आएर सहयोग गर्नु पाउदा यो मन अत्यन्तै खुशी भएको बताउनुभयो ।सिन्धुपाल्चोकको लागि आफुले सकेको हरेक सहयोग निरन्तर गर्ने प्रतिबद्धता गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।