वागमती प्रदेश सभा सदस्य सांसद बसुन्धरा हुमागाईले बनेपाली जनतासँग निर्वाचनको क्रममा गरेको बाचा पूरा गर्न लागिपरेका छन् । सोही क्रममा हुमागाईको पहलमा प्रदेशले यस वर्ष बनेपा नगरपालिकाका लागि विषेश खालका योजना र बजेटको व्यवस्था गरेको छ ।

प्रदेश सरकार मार्फत सशक्त अनुदान अन्तर्गत बनेपा नगरपालिका वडा नम्बर ३ का लागि ओडार ठुलोचौर खानेपानी आयोजनाका लागि बीस लाख, वडा नम्बर १४ का साँगा आशापुरी सडकका लागि पचाँस लाख, वडा नम्बर २ मा ठूलो ढुङ्गा देखि दोबाटोसम्मको सडक निर्माणका लागि बीस लाख, वडा नम्बर ३ मा मुहान थलि सडक निर्माणका लागि बीस लाख, वडा नम्बर ९ मा राजदास सहायक मार्ग सडकका लागि बीस लाख, वडा नम्बर ४, २ र १ का लागि नाला पुलबजारबाट मुलीफाँट हुदै टिमुरे चौरसम्मको कृषि सडकका लागि बीस लाख रकम बिनियोजन गरिएको छ ।

त्यसैगरी बनेपा नगरपालिकासँगको समपुरक योजना अन्तर्गत बनेपा नगरपालिका वडा नम्बर २ का लागि बासाझाङ नगरकोट सडक का लागि २ करोड, वडा नम्बर ३ पेवा गौडा थुमाचौर नन्दादेवी काभ्रेडाँडा बाटो सडकका लागि २ करोड, वडा नम्बर ६ का लागि कुइकेल मार्गका निम्ति २ करोड, वडा नम्बर ११ सिनागालका लागि विशेष योजना अन्तर्गत डिप बोरिङ खानेपानी योजनाको लागि ६० लाख बजेट बिनियोजन गरिएको हुमागाईंले जानकारी दिए ।

प्रदेशले बनेपालाई अनुदानका रुपमा दुई करोड चौध लाख बिनियोजन गरिएको बुझिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।