बेथानचोक गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आज नवौं गाउँसभामा गाउँपालिकालका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नीति कार्यक्रम र उपाध्यक्ष सरिता लामिच्छानेले आगमी बर्षको बजेट पेश गरेकी थिइन ।

बेथानचोक गाउँपालिकाले ५२ करोड ५१ लाख ४२ हजार ५५१ रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकाले भौगोलिकता, जनसंख्या लगायतलाई प्राथमिकता दिएर बजेट पेश गरेको जनाएको छ । गाउँपालिकाले वडा न १ मा ६० लाख, वडा न २ र ३ लाख ७०/७० लाख, वडा न ४ लाई एक करोड ४५ लाख, वडा न ५ मा ७५ लाख र वडा न ६ मा ८० लाख रुपियाँ बजेट विनियोजन भएको छ । त्यस्तै शिक्षामा एक करोड २० लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखालाई ४० लाख, पशुपक्षी सेवा शाखामा ८५ लाख, खेलकुद शाखा २० लाख, स्वास्थ्य शाखामा एक करोड २० लाख, कृषि शाखामा एक करोड, प्रधानमन्त्री रोजगार कार्यक्रममा १० लाख, न्यायिक समिति २० लाख लगायतमा बजेट विनियोजन भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले सहजिकरण गर्नुभएको उक्त गाउँसभामा नेपाली काँगे्रस बेथानचोक गाउँ समिति सभापति कृष्णबहादुर पाख्रिन, नेकपा एमालेका अध्यक्ष बेद तिमल्सिना र माओबादी केन्द्रका अध्यक्ष पेमा लामाले नीति तथा कार्यक्रम राम्रो भएको भन्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।