• युवराज दुलाल (सरद)

एमाले-माओवादी एकतामा दुवै पार्टीले आफ्ना सिद्धान्त र लक्ष छोडेर होइन महाधिवेशनसम्मका लागि स्थगित गरेर, महाधिवेशनबाट एउटै सिद्धान्तको विकास गर्ने उद्देश्य राखेर तत्कालका लागि नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सैद्धान्तिक/बैचारिक कार्यक्रमका रुपमा जनताको जनवादमा सहमति गरेर एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने थियो ।

एकताका बखतका सहमति कार्यान्वयन नभए पछि, पार्टी सञ्चालन बिधी-पद्धतिमा तत्कालीन अध्यक्ष खड्गप्रसाद ओलीबाट निरङ्कुश शैली अपनाएपछि पार्टी भित्र ओलिप्रवृत्तिका पक्ष/विपक्षमा संघर्ष भएको थियो भने राष्ट्रियरूपमा ओलिले लिएका प्रतिगामी कदमका बिरुद्द राष्ट्रिय स्तरको सर्वदलीय/सर्वपक्षीय संघर्ष भएको थियो । फागुन २३ को अदालतको निर्णयको प्राविधिक कारण देखाइ पार्टी बिभाजन पश्चात एमाले/माओवादी-केन्द्र साविक अवस्थामा सञ्चालन भए पश्चात सबै आ-आफ्नो पूर्व पार्टीमा फर्कँदा रामबहादुर थापा सहित (माओवादी-केन्द्र)का केहि नेता कार्यकर्ता एकाएक आफ्नो व्यक्तिगत स्वार्थलाइ केन्द्रमा राखि/मन्त्रिको प्रलोभनमा परि एमालेमा गएका थिए ।

अहिले एमालेको आन्तरिक एकता हुँदै गएपछि यिनको उपादेयता सक्किदै गएको र ओलीले यिनलाइ बेवास्था बढाउदै गएपछि र पार्टी निर्माणको लामो कोर्स पार गरीसकेका एमालेपंक्तिमा यी आफ्नै जरा विनाका “ग्राफ्टेड-एमाले” उर्फ रामबहादुर एन्ड कम्पनीले जरा फैलाउन नसकेपछी आफैंले स्थापना गरेको, आफैँ नेतृत्वमा रहेर काम गरेको आफ्नो मातृपार्टी माथि बिषबमन गरेर यिनको दिन बितिरहेछ ।

यो अवस्थामा आफ्नो अक्षम्य गल्ति एवं राष्ट्र र पार्टीप्रतिको गद्धारीमा प्रायश्चित गरेर बस्नुको विकल्प रामबहादुरजनमा छैन । धिक्कार छ ! यिनलाइ । ग्राफ्टेड-एमाले उर्फ रामबहादुर एन्ड कम्पनीले गद्दारी गर्दैमा, अध्यक्ष प्रचण्ड बिरुद्ध बिषबमन गर्दैमा आफ्नो ज्यान पाल्ने धन्दामा लागेर, पैसा र प्रलोभनको भरमा अड्डा अदालत धाउँदैमा माओवादी-केन्द्र बिघटन हुँदैन । हामी नयाँ उर्जा र उत्साह, अदम्य सहास एवँ राष्ट्रप्रतिको जिम्मेवारीप्रति दृढ संकल्प गरेर अघि बढ्ने छौं, ग्रफ्टेड-एमाले उर्फ रामबहादुर एन्ड कम्पनीलाई चेतना भया ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।