भक्तपुर । तामाङ समुदायका लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तानको स्वर रहेको नयाँ वियोगान्त तामाङ प्रेमगीत बजारमा सार्वजनिक भएको छ। गित कलाकार तथा शब्द रचनाकार राजेन्द्र न्यासुर(बाबु )को प्रस्तुति रहेको छ ।

मायामा घात प्रतिघात गरेका कयौं हुन्छ ।तर पनि जसले छोडेर गयौं उसैको धेरै याद र माया गरेको हुन्छ सच्चा माया गर्नेहरुले।

माया भनेको चिच खै अचम्मको हुँदोरहेछ ।हुनात माया गर्नेहरु सबैको मिलन हुन्छ भन्ने नि छैन,मायामा घात र धोका पाउनेहरु पनि धेरै भेटिएको हुन्छ ।माया पाउनु मात्र माया होइन।माया बिछोड हुदा पनि सहानु सक्ने अनि गुमाउनु पनि माया हो।जहाँ माया निश्चल र अटल हुन्छ त्यो माया सधैं अमर रहनेछ ।

यस गीतमा एकदमै माया गरेको अाफ्नो मायालुले छोडेर गएपनि अाफ्न‍ो प्रेमिकालाई तिमी खुशी हुनु,सोचेका सबै पूरा होस भनेर कामना गरेको पाईन्छ । शब्द : कलाकार नृत्य निर्देशक युवा रचनाकार राजेन्द्र न्यासुर तामाङ रहेको गीतमा संगीत र स्वर चर्चित गायक तथा संगीतकार विशाल काल्तानको सुमधुर अावाज रहेको छ।

यस गीतको एरेञ्ज गायक तथा संगीतकार उर्गेन दोङले गरेका हुन् भने गीतको अडियो मिक्सिङ दिपेस प्रधानले गरेका थिए। गितलाई हालको लागि स्टुडियो भिडियो गरि बजारमा ल्याएको छ । भिडियोलाई जिग्मे मिडियाका सुर्य लामा, त्रिलोक लामा ले छयांकन सम्पादन गरेको छ भने गीतलाई दुच्छे म्युजिक क्रियाशनबाट बजारमा सार्वजनिक गरेका छन्।
गीत हेर्नुस्

Comments

comments