भक्तपुर । युवा गायक तथा संगीतकार अभिषेक तामाङ “ङाअी लाबा माया”बोलको गीतको म्युजिक भिडियो मोडल रियज थिङ र याङगी दोङले सशक्त अभिनय गरेको गीत बजारमा शनिबार सार्वजनिक भएको छ।

आफ्नो प्रेमीप्रेमिका बीचमा एकअर्कामा गरेको मायाको वर्णन गरेको पाईन्छ ।ताकि मैले गरेको माया एक,दुईदिनको लागि होइन यो तिमीलाई गरेको मायाले यो जुनीको अन्तिम क्षणसम्म जस्तोसुकै दुख कठिन परिस्थितिमा पनि तिमीलाई नै माया गरिरहन्छु भनेर मायाको निकै प्रशंसा गरेको छ।

“ङाअी लाबा माया ङ्हीरेला अहिन”भन्ने तामाङ प्रेमगीतको संगीत गायक अभिषेक तामाङको रहेको छ भने उक्त गीतमा गायक अभिशेक तामाङ र निर्मला घिसिङको सुमधुर आवाज रहेको छन् ।भने सञ्चारकर्मी हेम बोम्जनको शब्द निर्माण रहेको थिए।

युवा निर्देशक प्रतीक ङ्यसुरले निर्देशित गरेको उक्त भिडियोलाई छायांकन , इडिट र कलर विवेक लामाले गरेका थिए ।भने ड्रोन क्याप्टेनमा सुरेश घिसिङ रहेको थियोे ।

गीतको अडियो एरेञ्ज वाङचु फ्युवा, मिक्सिङ किशोर थापाले गरेका हुन् ।उक्त म्युजिक भिडियो गायक अभिषेक तामाङको अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याएका छन् ।
भिडियो हेर्नुस्

Comments

comments